नेपालमा थप दुईजना कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् । ८१ वर्षीया महिला र अर्का ५८ वर्षका पुरुष निको भएर घर फर्किएका हुन् । उनीहरु एकै परिवारका हुन् ।
पाटन अस्पतालमा उपचाररत पेप्सीकोलाको सनसीटी अपार्टमेन्टमा बस्दै आएका ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला उपचारपछि निको भएर घर फर्किएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।