गृहपृष्ठ कृषि वैखरी समाचार प्रभावले ल्यायो किसानमा खुशी

वैखरी समाचार प्रभावले ल्यायो किसानमा खुशी

प्रकाशित मिति:

बाणगंगा नगरपालिकाका किसानले उत्पादन गरेका तरकारीहरु हरु अहिले धमाधम बिक्रिहुन थालेका छन । किसानका तरकारीहरु कुहिएर फाल्नु पर्ने अवस्था आउना साथ वैखरी अनलाइनले निरन्तर किसानका कुराहरुलाई बाहिर ल्याउन थाले पछि धमाधम बिक्रिहुन लागेको किसानहरु बताउछन् ।

यसरि समाचारमा किसानहरुका गुनासा सुनेपछि कपिलवस्तु उद्योग वाणिज्य संघको नेतृत्वमा बाणगंगा नगरपालिकाको कृषि शाखा लगाएतको टोलि अनुगमनमा पुगेको थियो । उक्त टोलिले बाणगंगा नगरपालिका भित्रका किसानहरुले उत्पादन गरेका जे जति तरकारी भएपनि अब त्यसको चिन्ता लिनु नपर्ने भन्दै विश्वस्त रहन किसान हरुलाई आग्रह गरेको छ ।

कृषकहरुको व्यापक गुनासो आएपछि किसानले उत्पादन गरेको तरकारीले नगरभित्रको माग धान्छ या धान्दैन ? उत्पादन कस्तो छ ? उत्पादन भएको तरकारी विक्री भएको छ या छैन ? भनेर विशेष टोलीले तरकारी फर्महरुको अनुगमन गरेको हो ।

वैखरी समाचार र अनुगमन पश्चात सिजन अनुसार फल्ने करेला, घिरौला, लौका, टमाटर, बन्दा गोभि, काँक्रा लगायतका तरकारीको बिक्री फर्मबाटै हुन लागेको कृषकहरुले बताएका छन् ।

अनुगमनमा नगरपालिका भित्र व्यवसायिक रुपमा तरकारी खेती हुँदै आएका मोर्मी, राजपुर, मधुवन,भलवाड,भावपुर, चारनम्वर, पटना लगायतका तरकारी फर्मको अनुगमन गरिएको थियो । नगर उपप्रमुख चक्रपाणी अर्याल, प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी, नगर प्रवक्ता विष्णु प्रसाद पौडेल, कृषि शाखा प्रमुख लेश बहादुर केसी, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, संघका पुर्व अध्यक्ष बिष्णु न्यौपाने, संघका बरिष्ठ सदस्य दोलकराम घिमिरे, विनोद पन्त लगायत पत्रकारहरुको टोलीले नगरभित्रका तरकारी फर्मको अनुगमन गरेका हुन्

सम्बन्धित् समाचार