गृहपृष्ठ कृषि वाणगंगा नगरपालिका ८ का कृषक सेन डेड विगाहा जग्गामा तरकारी खेती गरि रमाउदैं

वाणगंगा नगरपालिका ८ का कृषक सेन डेड विगाहा जग्गामा तरकारी खेती गरि रमाउदैं

प्रकाशित मिति:

बिहान सवेरै उठ्नु, नित्यकर्म सकिसकेपछि खेती बारीमा जानु, तरकारी खेति के कस्तो भैरहेको छ हेर्नु, प्रत्येक वोटका फलहरु र किरा लागे नलागेको केलाउनु, मल र औषधीको आवश्कता भए नभएको ठम्याउनु दैनिक चर्या वनेको छ, मिहिनेती कृषक मिन वाहादुर सेनको ।
वाणगंगा नगरपालिका वडा नम्वर ८, मोर्मी, कोइलीपारका यी कृषक पहिले वैदेशिक रोजगारीका शिलशिलामा खाडी मुलक गएका थिए । वैदेशिक रोजगारीमा छदा आफूसंग कुनै सिप नभएकोले कमाई पनि खासै हुन सकेन । तल्लो दर्जाको काम गर्नु पर्यो । अन्य देशका कामदारहरुको तुलनामा नेपाली कामदारहरुलाई हेयका दृष्टिले हेर्ने र तल्लै दर्जाको काम दिने भएकाले विदेश काम गर्ने मोह मर्यो । अपमानीत हुनु परेको महसुस भयो । नेपाल फर्के पछि यतै कृषक वने र स्वतन्त्र व्यवसाय सुरु गरे । मिन वाहादुरले कथा सुनाय । नेपाल आए पछि आफ्नो डेड विगाहा जग्गामा तरकारी खेती सूरु गरेका सेन हाल निकै आनन्दित छन् । आफू पनि गरौं र अरुलाई पनि यस्तै खेतीवारीको काममा लगाउन उदाहरणिय वनौं भन्ने सोंच पुगेको छ । सेनका छिमेकीहरु सवै तरकारी खेतीमा आवद्ध भएका छन् । प्रगतीशिल कृषक समुह वनाएर नेतृत्व गरि रहेका छन् । छिमेकीहरुलाई तरकारी खेतीको वारेमा जानकारी दिने, हौसला दिने कार्यमा लागेका छन् ।
तरकारी खेतीमा रमाउदै आएका सेनलाई लक डाउनले भने अलिकति प्रभाव पारेको छ । वन्दागोपीको वजार पुरै वन्द भएको छ । अन्य तरकारी भने विक्री भइ रहेको छ । ताजा र विषाधी रहित भएकाले खेतवाटै विक्री वितरण भए पनि स्थानिय सरकारले अलि ठूलो परिमाणमा विक्री वितरण गराउने हल्ला सुनेकोले खुशी भएका छन् । सरकारी पहल केही भयो भने कृषकहरुको मनोवल गिर्ने थिएन र अगामी दिनमा यस्तै खाले समस्या हुदाँ स्थानिय कृषकहरुले तरकारीको वजार धान्ने थिए । उनको अपेक्षा यही रहेको छ ।

मोर्मी, कोइलीपार निवासी सेनले आफ्नो खेतमा टमाटर, करेला, तोरायँ, वोडि, काँक्रा, खुर्सानि, लौका, वन्दागोपी करिव १० कठ्ठामा र वाकी खेतमा मकै खेती गरेका छन् । तजा र अग्र्यानिक उपाय वाट उत्पादन गरिएका तरकारीहरु निकै खपत हुने गरेको छ । प्राय खरिद कर्ताहरु खेतवारीमै पुग्ने गरेका छन् । परिवारका सवै सदस्यहरु खेतीवारीमा सकृय रहने र आ आफ्नो जिम्मेवारी वहन गरी घरमै आम्दानी गर्न सफल रहेका छन । सवै खर्च, घर खर्च समेत कटायर उनले वार्षिक ३ लाख कमाउने वताउछन । वार्षिक ६० जना जतीलाई खेतीवारीको काममा ज्याला दारीका रुपमा समेत काममा लगाउने गरेको उनले जानकारी दिए ।

मेहनेती कृषक सेनको तरकारी सम्वन्धमा वडा नं. ८ का अध्यक्ष गुणनीधि भुसालले अग्र्गानिक तरकारीका रुपमा आफू नियमित खरिद कर्ता रहेका जानकारी दिए । वडा वाट समेत सहयोग भै रहेको र त्यस क्षेत्रका कृषकहरुको कृयाशिलता देखेर नगरपालिकाकै तरकारी पकेट क्षेत्रका रुपमा विकास गर्न आफू लागि परेको वताए । यस अघि नै प्रस्तावन तयार गरी सम्वन्धीत ठाउँमा पुर्याई सकेको जानकारी समेत दिए ।मोर्मी टोल विकास संस्थाका अध्यक्ष सक्रान्ती थारुले स्थानिय स्तरमा तयार भएको तरकारीहरु स्थानिय स्तरमै उपभोग गर्न आफूहरुले वातावरण वनाउने वताए । जो जस्ले यस्ता मेहनेती किसानले उत्पादन गरेका ठाउँ देख्छन् सवै ले मौखिक रुपमा भए पनि प्रचार प्रसार गर्नु पर्ने र सवैलाई यो राष्ट्रिय आपतको वेलामा थाहा दिनु पर्ने, भारतिय तरकारी भन्दा स्थानिय तरकारीको उपयोग वढाउनु पर्ने वताए ।

सम्बन्धित् समाचार