लायन्स क्लव अफ कपिलवस्तुको अधिवेशन सम्पन्न भएको छ । बुधबार विद्युतीय माध्यम मार्फत तेस्रो अधिवेशन सम्पन्न भएको हो । बर्ष २०२०/०२१का लागि नयाँ पदाधिकारी हरुको चयन गरिएको हो ।
विगत लामो समयदेखि सामाजिक कार्यमा निरन्तर लागिरहेको लायन्स क्लव अफ कपिलवस्तुको अधिवेशनबाट सुरेन्द्र घिमिरे अध्यक्षमा चयन भएका छन । यस्तैगरी प्रथम उपाध्यक्षमा धातानन्द भुसाल, द्धितीय उपाध्यक्षमा केशव सापकोटा, तृतीय उपाध्यक्षमा रामबहादुर पौडेल (क्षेत्री), सचीवमा राम सुभागी थारु, कोषाध्यक्षमा सागर घिमिरेलाई चयन गरिएको हो ।
सम्पन्न अधिवेशनबाट निर्वाचित सम्पूर्णलाई निर्वतमान अध्यक्ष कुमार खड्का र संस्थागत अध्यक्ष कृष्ण केसीले बधाइ तथा शुभकामना व्यक्त गरेका थिए । त्यस्तै नव निर्वाचित पदाधिकारीहरुलाई अझै उत्प्रेरित भएर समाज सेवामा लाग्न आग्रह गरेका छन् ।
अधिबेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएका घिमिरेले सबैलाई धन्यवाद ज्ञापन गर्दै विगतका दिनदेखि गर्दै आएको सामाजिक कार्यलाइ लझै तिव्रका साथ निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन । उनले आगामी दिनमा सेवाही परमोधर्मलाई आत्मसात गर्दै अगाडी बढ्ने समेत बताए । यद्यपि लायन्स क्लव अफ कपिलवस्तुले जिल्लामा विभिन्न क्षेत्रहरुमा महत्वपुर्ण कामहरु गर्दै आईरहेको छ ।