गृहपृष्ठ ज्योतिष /वास्तु ज्योतिषमा चन्द्रमा, ग्रहण र यसको विज्ञान

ज्योतिषमा चन्द्रमा, ग्रहण र यसको विज्ञान

प्रकाशित मिति:

ज्योतिषमा चन्द्रमा, ग्रहण र यसको विज्ञान

चन्द्रमालाई मन सम्बन्धि ग्रह मानिन्छ। चन्द्रमाको गुरुत्वको प्रभाव हामीले प्रत्यक्ष महसुस पनि गरिरहेका हुन्छौं। चन्द्रमालाई जल कारक ग्रहको रूपमा प्रस्तुत गरिएको छ भने मन कारक भएकोले हाम्रो मानसिक स्थितिलाई सन्तुलन गरेको हुन्छ। पुर्णिमा र औसिको दिन चन्द्रमा पृथ्वीको नजिक रहने भएकोले यी दिनका आसपासमा समुन्द्रमा ज्वारभाट जाने, मानसिक बिमारीहरु बढ्ने, रक्तचापका बिमारीहरु देखिने आदि हुन्छ। चन्द्रमा जल अर्थात् शीत कारक हो भनेर हजारौं वर्ष पहिल्यै पौरस्त्य व्यङ्मयले प्रमाणीकरण गरेको छ। शुक्ल यजूर्वेदको ३४/२२ मा यसरी प्रस्तुत गरिएको छ- ” हे सोमदेव हजुर यो समस्त औषधि उत्पन्न गर्नुहुन्छ। हजुरले जल र गाई उत्पन्न गर्नुभएको छ, आफ्नो अन्तरीक्षलाई विस्तृत गर्नुभएको छ, आफ्नो तेजले अन्धकारलाई नष्ट गर्नुभएको छ।” यसरी चन्द्रमालाइ जलकारक ग्रह हो भनी शास्त्रीय पुष्टि पनि पाईन्छ। यसले के कुराको संकेत पनि गर्दछ भने चन्द्रमाको सतहमा पानी उपस्थिती छ भन्ने पनि बुझ्न सकिन्छ। यसैगरी ज्योतिर्विद्य बराहमिहिरले पनि करिब १५०० वर्ष अगाडि मंगल ग्रहमा पानी भएको कुरा उल्लेख गर्नुभएको थियो।

चन्द्रमाले पृथ्वीको वरिपरि परिक्रमा गर्दछ भने यसले पृथ्वीको अन्य धेरै कुरामा समेत प्रभाव पारेको हुन्छ।हाम्रो पूर्वीय सौर्य पात्रो पनि उत्तिकै वैज्ञानिक छ जहाँ चन्द्रमाको गति र सूर्यको वरिपरिको गतिको आपसी अवस्थालाई समेत सन्तुलन गरिएको हुन्छ। जस अन्तर्गत तिथीहरु सूर्य र चन्द्रमाको सापेक्षमा निर्धारण गरि अधिकमास, क्षयमास आदिले सौर्य पात्रो सटिक बनाईएको हुन्छ। चन्द्रमा २७ नक्षत्रलाई घुम्दा लाग्ने समय एक नक्षत्रमास हो। सूर्यलाइ पृथ्वीले पनि घुम्दा र पृथ्वीसँगै चन्द्रमाले पनि घुम्दा चन्द्रोदय दैनिक करिब एक घण्टा ढिलो हुदैँ जान्छ र यसलाई सौर्य पात्रोमा सूर्यसँगको चन्द्रमाको दिन र सूर्यदेखी सोधा रेखामा चन्द्रमाको दिनसँग balance गरिएको हुन्छ। जुन् औंसि र पूर्णिमाको तिथि हो।

यदि चन्द्रमा नहुने हो भन्द पृथ्वीको आफ्नो अक्षिय गति अति चाढो हुन्छ जसले गर्दा पृथ्वीमा १ दिन भनेको जम्मा ६ देखि १४ घन्टा सम्म हुनेथियो भन्ने अनुमान खगोलविज्ञहरुले लगाएका छन्। यसैगरी ज्योतिषीय परिगणनाका आधारमा हुने ग्रहणको वैज्ञानिकता पुष्टि गरिरहनु पर्दैन। राहु र केतु गरि दुईवटा hypothetical planet को रूपमा ज्योतिष शास्त्रले प्रस्तुत गरेको छ। तपाईंले mathematics अथवा physics मा कुनै कुराको derivate गर्न लाग्नुभयो भने supposition को लागि arbitrary letter हरु जस्तै x,y,z आदि लिनुहुन्छ त्यस्तै यी ग्रहहरु पनि पृथ्वीलाई केन्द्र बनाउदा सूर्य र चन्द्रको घुम्ने कक्षले काटिएका दुई hypothetical point of intersection हुन् जसको पिण्ड नभए पनि भूमिका suppose गरिएको xyz को जस्तै हुन्छ। जब सुर्य र चन्द्रमा ठिक यसै बिन्दूमा आईपुग्छन् तब ग्रहण लाग्छ।

वेदमा हेर्ने हो भने ऋगवेदको ५/४०/५९ मा भनिएको छ कि- सूर्यको प्रकाश पृथ्वीमा आउनबाट चन्द्रमाले रोक्दा सूर्यग्रहण र पृथ्वीको छाँयामा चन्द्रमा प्रवेश गर्दा चन्द्र ग्रहण लाग्छ। यसैको ब्याख्या ज्योतिष शास्त्रले गणितीय गणना गरेर सिद्ध गरेको हो। ज्योतिष शास्त्रले दिएको समयमा उल्लेखित क्षेत्रमा आकाशमा ग्रहण देखिन्छ र यसरी ग्रहण हेर्न लागेको १००/२०० मात्र नभई हजारौं वर्षदेखि हो जुन आधुनिक विज्ञान भन्दा धेरै पुरानो हो।

सम्बन्धित् समाचार