
कपिलवस्तु । बैशाख ,१९ । कपिलवस्तुको ओदारीमा रहेको हथौसा लिटल स्टार माध्यमिक विद्यालयले २०७६ सालको वार्षिक परीक्षाफल प्रकाशन गरेको छ ।
कोरोना भाइरस (कोभिड-१९) ले गर्दा नेपालमा लकडाउन सुरु भएसँगै देशैभरका विद्यार्थीको पढाइ अबरुद्ध भएको छ भने नतिजा पनि प्रकाशन गर्न अप्ठ्यारो भइरहेको छ । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उक्त स्कुलले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत विद्यार्थीहरुको नतिजा सार्वजनिक गरेको स्कुलका प्रिन्सिपल सुन्दर पाण्डेले एक सूचनाद्वारा जानकारी दिनुभयो । यस्तो छ सूचना :
नतिजा प्रकाशन सम्बन्धी सूचना !
मिति : २०७७/०१/१९
समादरणीय अभिभावकज्यू,
नमस्कार ।
विश्वभर फैलिएको कोरोना सङ्क्रमणका कारण देश लकडाउनमा रहेको र अझै पनि लकडाउन बढ्दै गएको कारणले हामीले नानी बाबुहरुको शैक्षिक सत्र २०७६ को नतिजा face Book पेजको माध्यमबाट प्रकाशन गरेका छौँ । कक्षा ५ र ८ को नतिजा नगर स्तरीय भएकाले केही समय पश्चात मात्र प्रकाशन गर्नेछौँ।
सुन्दर पाण्डे
प्रिन्सिपल
हथौसा लिटल स्टार सेकेन्डरी स्कुल
अभिभावकले नतिजा थाहा पाउन स्कुलको फेसबुक पेज https://www.facebook.com/hathausalittlestar/
मा जानुपर्ने छ ।








