गृहपृष्ठ ज्योतिष /वास्तु ज्योतिष शास्त्र कति बैज्ञानिक कति अबैज्ञानिक? 

ज्योतिष शास्त्र कति बैज्ञानिक कति अबैज्ञानिक? 

ज्योतिष शास्त्रमा प्रमुख ग्रहको रूपमा सूर्य नै आउने गर्छ। यो सम्पूर्ण उर्जाको स्रोत हो भने ग्रहहरूमा शाशकिय ग्रह हो। सूर्यको पृथ्वी वरिपरि जो भ्रमणलाई श्रीमदभागवतम पुराणको पञ्चम स्कन्धले राम्रोसँग ब्याख्या गरेको छ जुन आधुनिक खगोल विज्ञानका Agencies हरुले geocentric observation सँग बिल्कुल मिल्न जान्छ। ज्योतिष शास्त्रमा मात्र नभएर हाम्रो दैनिक समयदेखि महाकल्प सम्मको समय सुर्यको अयनबाट नै निर्धारण गरिन्छ। सूर्य पृथ्वीको मेषादी रेखा हुँदै मीन रेखाबाट गुज्रन्छ र यसैको गति र स्थानको आधारमा बल र दूरीको पनि निर्धारण गरिन्छ जसन्तर्गत सूर्यको उच्च निचादी बललाई जसरी ज्योतिषमा प्रस्तुत गरिएको छ त्यो निकै वैज्ञानिक छ।
जब सूर्य मेष राशिको पहिलो अंशमा प्रवेश गर्छ तब नयाँ वर्ष लाग्छ र यता ज्योतिषमा मेष राशी अर्थात वैशाख महिनाको सूर्यलाई उच्च मानिएको छ। यो महिनामा सूर्य निकै बलवान् हुन्छ। यसको वैज्ञानिक कारण हेर्ने हो भने मेषको पहिलो अंशको सूर्य हुँदाको दिन दिन र रात बराबर हुन्छ र यो दिनबाट नै सूर्यको किरण सिधा पृथ्वी तर्फ पर्न सुरु भई दिनहरू लामा हुँदै जान्छन्।
दिनहरू लामा हुँदै जानू भनेको सकारात्मक उर्जाको प्रभाव धेरै पर्नु हो। लामा दिनहरूमा हामी धेरै सक्रिय हिने गर्छौ। यसैगरी तुला रेखाको पहिलो अंशमा सूर्य प्रवेश गर्द वर्षको अर्को दिनरात बराबर हुन्छ र यो दिनबाट नै दिन छोटा र रात लामा हुँदै जान्छन्। तुलामा सूर्य निच अवस्थामा रहि कमजोर मानिनुको कारण पनि यहि हो कि यहाँबाट दिन घट्दै गैइ नकारात्मक उर्जाहरु बढ्ने गर्छ। सुर्यको निरायण गति यतिबेला बिबादको विषय बनेको छ यसको मुख्य कारण भनेको बिगत धेरै बर्षदेखि अयनांश नसच्याई गणना गर्नुले हो। यो सूर्यको अयनांशको गणनाले दैनिक चार मिनेटले कम हुँदै जादा  करिब ७२ वर्षमा यसको बाटो पनि परिवर्तन हुँदै जान्छ। त्यसैले अयनांशको लागि प्रत्येक ७२ वर्षमा एउटा निश्चित बिन्दुलाई लिनुपर्ने हुन्छ।
त्यसैले आकाशमा रहेको सूर्यको स्थिति अनुसार सूर्यले प्रदान गर्ने किरणका आधारमा शुभाशुभ फल ब्यक्त गर्ने ज्योतिषलाई असत्य भन्न मिल्दैन अपितु हामीले यसमा अध्ययन र खोज बढाउनुपर्ने जरुरी देखिन्छ।
हामीलाई Youtube मा पनि subscribe गरि नयाँ नयाँ जानकारी लिन सक्नुहुनेछ।

सम्बन्धित् समाचार