गृहपृष्ठ खबर कपिलवस्तुका ५४ जनाको स्वाब संकलन गरी पिसिआर टेस्टका लागि काठमाडौं पठाईयो

कपिलवस्तुका ५४ जनाको स्वाब संकलन गरी पिसिआर टेस्टका लागि काठमाडौं पठाईयो

प्रकाशित मिति:

कपिलवस्तुको महाराजगंज नगरपालिकाबाट मंगलवार ५४ जनाको स्वाव संकलन गरी पिसिआरका लागि काठमाण्डौ पठाईएको छ । क्वारेन्टाईनमा रहेका ५४ जनाको स्वाब संकलन गरी पिसिआर टेस्टका लागि काठमाण्डौ पठार्ईएको स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए ।

 

रोजगारीका शिलशिलामा भारतका बिभिन्न शहरमा गएका र यो समयमा नेपाल फर्किएकालाई १४ दिन क्वारेन्टाईनमा राखिएको छ । यस अघि जिल्लामा ३२ जनाको स्वाब संकलन गरी पठाईएकोमा सबैको रिपार्ट नेगेटिभ आएको थियो ।

सम्बन्धित् समाचार