गृहपृष्ठ खबर कपिलवस्तुका ५४ जनाको स्वाब संकलन गरी पिसिआर टेस्टका लागि काठमाडौं पठाईयो

कपिलवस्तुका ५४ जनाको स्वाब संकलन गरी पिसिआर टेस्टका लागि काठमाडौं पठाईयो

कपिलवस्तुको महाराजगंज नगरपालिकाबाट मंगलवार ५४ जनाको स्वाव संकलन गरी पिसिआरका लागि काठमाण्डौ पठाईएको छ । क्वारेन्टाईनमा रहेका ५४ जनाको स्वाब संकलन गरी पिसिआर टेस्टका लागि काठमाण्डौ पठार्ईएको स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए ।

 

रोजगारीका शिलशिलामा भारतका बिभिन्न शहरमा गएका र यो समयमा नेपाल फर्किएकालाई १४ दिन क्वारेन्टाईनमा राखिएको छ । यस अघि जिल्लामा ३२ जनाको स्वाब संकलन गरी पठाईएकोमा सबैको रिपार्ट नेगेटिभ आएको थियो ।

सम्बन्धित् समाचार