जिल्ला कै दोश्रो प्रमुख बालीकारुपमा रहेको गहुको उत्पादन यस बर्ष कपिलवस्तुमा २० प्रतिशतले कमी आएको छ । मौसमको प्रतिकुलता, लकडाउनले समयमै बाली स्हार्न नपाए पछि गहुको उत्पादन २० प्रतिशतले घटेको हो । कृषि ज्ञान केन्द्र अनुसार पटक पटको हावाहुरी सहीतको पानी असिना लगायतका कारणले यस बर्ष जिल्लामा गहुको उत्पादनमा २० प्रतिशले घटेको छ । २८ हजार ७ सय २६ हेक्टरमा लगाईएको गुह खेतीबाट ८६ हजार ५ सय ६० मेट्रिक टन गहु उतपदन हुने अनुमान गरिएको थियो ।
गत बर्ष २७ हजार ७ सय २४ हेकटरबाट ८६ हजार ५ सय बढी मेट्रिक टन गहु उत्पादन भएको थियो । ज्ञान केन्द्रका बागवानी् विकास अधिकृत बालगोबिँन्द त्रिपाठीले असिना पानी र पटक पटकको हिउदे बर्षाले गहु उत्पादन घटेको बताए । ‘ गहु लगाउने समयमा यस बर्ष राम्रौ उत्पान हुन्छ भने अनुमान गरेका थियौ तर असिना पानी र हावाहुरीले गहु उत्पादनमा गिरावट आयो ’ उनले भने । कोरोना भाईरसका कारण जारी लकडाउनले कमपाईन समेत ढिलो गरी पाईएकाले समेत उत्पादन घटेको कृषकहरु बताउछन ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ३ स्थित बरन्डीहवाका कृषक कपिल यादवले यस बर्ष असिनाले गहु खेती पुरै सखाप भएको बताए । १० कठ्ठामा गहु लगाएका उनले मुस्किलले एक क्युन्टल भन्दा कम उत्पादन भएको गुनासो गरे । ‘ बिउ, जोताई, परिश्रम खाद लगायतका सबै लगानी डुब्यो ’ उनले भने । उनले सरकारलले नै असिनाबाट पीडीत बनेका कृषकहरुलाई राहत वा क्षतिपुर्पि दिनु पर्ने माग गरे। उता कपिलवस्तु नगरपालिका– ४ महुवा स्थित मुस्कान सिड कम्पनीका मालिक बृजबिहारी चौधरीले आपुले चार बिघामा लगाएको गहु असिनाले सिद्धाएको बताए ।
‘ असिनाले सबै लगानी डुब्यो, यो घाटा हामीलाई कसले दिने ’ उनले भने । बिउ सिंचाई, जोताई, मलमा लगानी गरेका कपिलवस्तु कृषकहरु यस बर्ष धेरै नोक्सानी ब्यहोर्नु परेका कृषक संघका जिल्ला अध्यष चुर्तभुजमणि त्रिपाठीले बताए । ‘ किसानको लागनी समेत उठेका छैन, यस तर्फ कसैले ध्यान दिएको छैन ’ उनले भने ‘ ढडे महिना देखि जारी लकडाउनमा कृाष्कहरु झनै समस्यामा परेका छन ’ उनले भने । सरकारले पीडीत कृषकहरुलाई तत्कालै क्षतिपुर्ति उपलब्ध गराउनु पर्ने माग गरे । जिल्लामा भृकुटी, बिजया, आदिल, एनएल र गौतम जातको गहुँ लगाईने गरिन्छ ।