गृहपृष्ठ कृषि कपिलवस्तुमा यस वर्ष गहुंको उत्पादन २० प्रतिशत घट्यो

कपिलवस्तुमा यस वर्ष गहुंको उत्पादन २० प्रतिशत घट्यो

जिल्ला कै दोश्रो प्रमुख बालीकारुपमा रहेको गहुको उत्पादन यस बर्ष कपिलवस्तुमा २० प्रतिशतले कमी आएको छ । मौसमको प्रतिकुलता, लकडाउनले समयमै बाली स्हार्न नपाए पछि गहुको उत्पादन २० प्रतिशतले घटेको हो । कृषि ज्ञान केन्द्र अनुसार पटक पटको हावाहुरी सहीतको पानी असिना लगायतका कारणले यस बर्ष जिल्लामा गहुको उत्पादनमा २० प्रतिशले घटेको छ । २८ हजार ७ सय २६ हेक्टरमा लगाईएको गुह खेतीबाट ८६ हजार ५ सय ६० मेट्रिक टन गहु उतपदन हुने अनुमान गरिएको थियो ।

गत बर्ष २७ हजार ७ सय २४ हेकटरबाट ८६ हजार ५ सय बढी मेट्रिक टन गहु उत्पादन भएको थियो । ज्ञान केन्द्रका बागवानी् विकास अधिकृत बालगोबिँन्द त्रिपाठीले असिना पानी र पटक पटकको हिउदे बर्षाले गहु उत्पादन घटेको बताए । ‘ गहु लगाउने समयमा यस बर्ष राम्रौ उत्पान हुन्छ भने अनुमान गरेका थियौ तर असिना पानी र हावाहुरीले गहु उत्पादनमा गिरावट आयो ’ उनले भने । कोरोना भाईरसका कारण जारी लकडाउनले कमपाईन समेत ढिलो गरी पाईएकाले समेत उत्पादन घटेको कृषकहरु बताउछन ।

कपिलवस्तु नगरपालिका वडा नम्बर ३ स्थित बरन्डीहवाका कृषक कपिल यादवले यस बर्ष असिनाले गहु खेती पुरै सखाप भएको बताए । १० कठ्ठामा गहु लगाएका उनले मुस्किलले एक क्युन्टल भन्दा कम उत्पादन भएको गुनासो गरे । ‘ बिउ, जोताई, परिश्रम खाद लगायतका सबै लगानी डुब्यो ’ उनले भने । उनले सरकारलले नै असिनाबाट पीडीत बनेका कृषकहरुलाई राहत वा क्षतिपुर्पि दिनु पर्ने माग गरे। उता कपिलवस्तु नगरपालिका– ४ महुवा स्थित मुस्कान सिड कम्पनीका मालिक बृजबिहारी चौधरीले आपुले चार बिघामा लगाएको गहु असिनाले सिद्धाएको बताए ।

‘ असिनाले सबै लगानी डुब्यो, यो घाटा हामीलाई कसले दिने ’ उनले भने । बिउ सिंचाई, जोताई, मलमा लगानी गरेका कपिलवस्तु कृषकहरु यस बर्ष धेरै नोक्सानी ब्यहोर्नु परेका कृषक संघका जिल्ला अध्यष चुर्तभुजमणि त्रिपाठीले बताए । ‘ किसानको लागनी समेत उठेका छैन, यस तर्फ कसैले ध्यान दिएको छैन ’ उनले भने ‘ ढडे महिना देखि जारी लकडाउनमा कृाष्कहरु झनै समस्यामा परेका छन ’ उनले भने । सरकारले पीडीत कृषकहरुलाई तत्कालै क्षतिपुर्ति उपलब्ध गराउनु पर्ने माग गरे । जिल्लामा भृकुटी, बिजया, आदिल, एनएल र गौतम जातको गहुँ लगाईने गरिन्छ ।

सम्बन्धित् समाचार