गृहपृष्ठ अर्थ/वाणिज्य नेविसंघ र तरुण दलद्धारा वाणगंगा १ मा वडाले राहत दिन छुटेकालाई राहत वितरण

नेविसंघ र तरुण दलद्धारा वाणगंगा १ मा वडाले राहत दिन छुटेकालाई राहत वितरण

प्रकाशित मिति:

नेपाली कांग्रेसको भातृ संगठन तरुण दल र नेविसंघ क्षेत्र नं. १ कपिलवस्तु कोरोना भाईरस (कोभिड १९) को यो विश्व महामारीको अवस्थामा सामाजिक कार्यमा लागिपरेका छन् । विगत लामो समय देखि राहत वितरणमा तल्लिन छन् ।
गरिब तथा विपन्न परिवारहरुको खोजी गर्दै कपिलवस्तुका विभिन्न स्थानमा गएर राहत बाढ्दै आएको छ । यसै क्रममा बिहिबार वाणगंगा नगरपालिका वडा नं १ का २५ घर परिवारलाई राहत वितरण गरेको हो । स्थानीय सरकारले राहत बाँड्न छुटेका गरीब विपन्न परिवारलाई राहत वितरण गरिएको तरुणदल जिल्ला सभापति शक्ति सिंह ठकुरीले बताउनुभयो ।

राज्यको राहतमा विभेद भएपनि तरुण र नेविसंघले आफुहरु जस्तो गरीब, विपन्न परिवारको साहारा बनेकोमा हर्षित भएका थिए । लामो समयदेखि अभियानमा सक्रिय यो टोली लकडाउन घोषणा भईसकेपछि गरिव, विपन्न तथा गरिव परिवारहरुको साहारा बन्दै आईरहेका छन् । वडाले दिन छुटेका अति बिपन्न परिवारलाई खाद्यान्न सामाग्री दाल, चामल, नुन, तेल लगायतका सामाग्री बितरण गरिएको नेविसंघ क्षेत्र नं १ सभापती चन्द्रकान्त पोख्रेलले जानकारी दिएका छन् ।

लकडाउनले गर्दा दैनिक मजदुरी गरेर खाने परिवारलाई समस्या परेको आवाज आइरहेका बेला यस अघि पनि सरकारी पक्ष भन्दा पहिलेनै ती र त्यस्ता परिवारलाई अति आवश्यक खाद्यान्न सामग्री सहयोग गरिसकेको छ भने नगरपालिकाले बितरण गरिसक्दा समेत वास्तविक पीडितले गुनासो सुनेर अती आवश्यक खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गर्ने कार्यलाई निरन्तरता दिएको तरुण दलका जिल्ला सभापती शक्ति सिंह ठकुरीले बताउनुभयो ।

बिपन्न परिवारको घरमा चुल्हो बाल्ने उद्देश्यका साथ अगाडि बढेको ठकुरीको भनाई छ ।
राहत वितरण कार्यक्रममा राममणी पौडेल, दिनेश क्षेत्री , महाधिवेशन प्रतिनिधि छविलाल नेपाली , समाजसेवी दोलकराम घिमिरे, वडा सचिव झलक मल्ल ठकुरी, राजन आले, कुमार खड्का, राजकुमार श्रेष्ठ, लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार