वैखरी अनलाइन कपिलवस्तु ,
यूएईको आबुधावीमा कार्यरत एक नेपालीको Covid-19 कोरोना भाइरसका कारण ज्यान गएको छ । कपिलवस्तु बाणगांगा नगरपालिका वडा नम्बर ८ लौगाइ घर भै लामो समय देखि यूएईको आबुधावीमा रहेको एक होटलमा कार्यरत ३९ बर्षका चुडामणि ढकालको शनिबार ज्यान गएको हो । उनी केही हप्ता पहिले अस्पताल भर्ना भएका थिए ।
स्वास फेर्न गाह्राे हुने तथा ज्वरो आउने समस्या बढेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो थिए । सुरुमा निमोनियाका कारण बिरामी भएको भन्दै बिरामीलाई निमोनियाको औषधि दिईएको पारिवारिक श्रोतले जनाएको छ । धेरै असजिलो भएपछि आबुधाबी स्थित ब्रुजिल हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
सुरुमा निमोनिया देखिएर अस्पताल भर्ना भएका उनको कोरोना भाइरसको कारण ज्यान गएको अस्पतालले जारी गरेको मृत्यु प्रमाण पत्रमा उल्लेख छ ।