नेपाल-भारतको सीमावर्ती क्षेत्र कपिलवस्तुमा दुई हजार एक सय ३७ नेपाली अलपत्र परेका छन् । नेपालभर सीमावर्ती क्षेत्रमा सोमबारसम्म ३ हजार ६५ जना नेपाली जम्मा भएको पाइएको छ । तीमध्ये २ हजार ३ सय ८५ जना विभिन्न प्रदेशका नेपाल(भारत सीमा क्षेत्रमा अलपत्र परेका छन् । अरु सीमा क्षेत्रको क्वारेन्टाइनमा राखिएका छन् ।
सशस्त्र प्रहरी बलले गृह मन्त्रालयका बुझाएको विवरणअनुसार सोमबार चार बजेसम्म नेपाली सीमा नाकामा २ हजार ३ सय ८५ जना रहेको देखिन्छ ।
यद्यपि, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको जिल्लास्थित संयन्त्रसँग अनलाइनखबरले गरेको सम्पर्कबाट भारतका क्वारेन्टाइनमा समेत गरी ३ हजार ६५ जना मजदुर सीमामा रहेको खुलेको छ ।
सशस्त्र प्रहरीले तत्काल नेपाल प्रवेश गर्ने उद्देश्यका साथ सीमामा आएका व्यक्तिको विवरण संकलन गरेको एक उच्च अधिकृत अनलाइनखबरलाई बताए । ‘गृहमा बुझाइएको तथ्यांकमा सीमा क्षेत्रका क्वारेन्टाइनमा रहेका सबै व्यक्तिको विवरण नजोडिएकाले जिल्लाबाट आएको तथ्यांक बढी देखिएको हो’, उनले भने ।
सशस्त्र प्रहरीले बुझाएको रिपोर्टअनुसार प्रदेश नं। २ को धनुषामा ५, सिरहामा १९, प्रदेश ५ को नवलपरासीमा ६०, रुपन्देहीमा १ सय ६१ र प्रदेश नं. ७ को कञ्चनपुरमा ३ जना सीमामा अलपत्र छन् ।








