गृहपृष्ठ खबर बाणगंगाका बिश्वकर्मा परिवार भोकै बस्न बाध्य, सहयोगका लागि अनुरोध

बाणगंगाका बिश्वकर्मा परिवार भोकै बस्न बाध्य, सहयोगका लागि अनुरोध

प्रकाशित मिति:

कपिलवस्तु । बैशाख , ३० ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः १ मा दुई परिवार लकडाउनका कारण भोकै बस्न बाध्य भएका छन्। वडा नः १ निबुवामा बस्ने रुदल बहादुर बिश्वकर्मा र दिलिप कुमार बिश्वकर्माको परिवार साँझ बिहान लागि खानेकुरा नहुँदा भोकै बस्न बाध्य भएका छन ।

मजदुरी गर्दै जीवन निर्वाह गर्दै आएका बिश्वकर्मा परिवारले एक पटक राहत पाएका थिए । १० केजी चामल सहित पाएको राहत सकिएकाले बिश्वकर्मा परिवार अहिले भोकै बस्न बाध्य भएका हुन् । काम पनि गर्न नपाएकाले समस्या भएको बताउदै सहयोग गर्न बिश्वकर्मा परिवारले आग्रह गरेको छ । ११ जनाको परिवार अहिले समस्यामा परेको हो ।

सम्बन्धित् समाचार