अशोक पौडेल, बैशाख ३० ।
कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकामा रहेका क्वारेन्टाइन अब्यवस्थित रहेको पाइएको छ । क्वारेन्टाइनमा रहेकालाई खान खुवाउनेसम्मको सामान्य ब्यवस्था नभएको पाइएको हो । कपिलवस्तु नगरपालिका स्थित वडा नः १० ले बिकुलीमा राखेको क्वारेनटाइनमा १३ जना रहेका छन् । १३ जना रहेकाहरुले आफनो परिवारसँग साँझ बिहान खाना मगाएर खाँदै आएकोमा हाल आएर परिवार सदस्यलाई खाना लिएर जानमा गाउलेले रोक लगाएका हुन् । जसका कारण क्वारेन्टाइनमा बसेका १३ जना भोकै बस्नु परेको हो ।
यो समस्या वडा नः १० सगै वडा नः ८ र ११ मा समेत रहेको पाइएको छ । क्वारेन्टाइन स्थलमा जानका लागि कतिपय ठाउँमा गाउलेले बाटो छेकेका समेत छन् ।
यस बिषयमा वडा नः १० वडा अध्यक्ष मोहन शर्माले दुई दिन यस्तो समस्या देखिएकोमा वडाकै पहलमा २ जना स्थानीयलाई लगाएर सबै घरमा साँझ बिहान गई खाना ल्याउने जिम्मा लगाइएको बताएका छन् ।