महिला स्वास्थ्यकर्मीलाई कोरोना पोजिटिभ देखिएपछि शुक्रबारदेखि कपिलवस्तु अस्पतालको अति आवश्यक सेवा बाहेक सवै सेवा बन्द गरिएको छ। अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मीसँगै स्वास्थ्य सेवामा खटिएका स्वास्थ्य कर्मचारीहरुको स्वाब परीक्षणको रिपोर्ट नआउने बेलासम्मका लागि अस्पताल बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ।
शुक्रबार कपिलवस्तु अस्पतालका स्वास्थ्यकर्मीहरुले स्वाब परीक्षणका लाग नमूना दिएका छन्।