गृहपृष्ठ मनोरञ्जन अमेरिकन आइडलको उपविजेता बने दिवेश पोखरेल

अमेरिकन आइडलको उपविजेता बने दिवेश पोखरेल

५ जेठ, काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने ।

गत फेब्रुवरी १६ २०२० बाट शुरु भएको सिजन १८ को सो रियलिटी शो मा दिवेशले उत्कृष्ट प्रस्तुति दिदै आएका थिए।उनलाई सामाजिक संजालमा संसारभर बाट अत्यन्त राम्रो समर्थन थियो। उनी हरेक गीतलाई आफ्नै पाराले गाउने कलाको कारणले लोकप्रिय थिए।

दिवेशले आज सम्पन्न उपाधिका लागि फाइनल राउन्डमा ग्याबिन डिग्राको २००३ मा रिलिज भएको पप गीत ‘आई डोन्ट वान्ट टु बी’ र सन. 1970 मा लोकप्रिय पेण्डुलम एल्बमको ‘ह्याब यु एभर सीन दि रेन’ भन्ने रक गीत गाएका थिए।

सम्बन्धित् समाचार