गृहपृष्ठ खबर नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको प्रधानमन्त्रीले आज जवाफ दिने

नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको प्रधानमन्त्रीले आज जवाफ दिने

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा आज संसदमा जवाफ दिनेछन् ।

नीति तथा कार्यक्रममा दुई दिनसम्म १ सय १८ जना सांसदले भाग लिएकाथिए ।प्रधानमन्त्रीको जवाफपछि नीति कार्यक्रममाथि संशोधन निर्णयार्थ पेश गरिनेछ ।

विभिन्न राजनीतिक दलका तर्फबाट नीति तथा कार्यक्रममा सात वटा संशोधन प्रस्तावसमेत परेको छ ।संशोधनको छिनोफानोपछि नीति तथा कार्यक्रम पारित हुनेछ । संसद बैठक मध्याह्न १२ बजे बस्दै छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।संवैधानिक प्रावधान अनुसार सरकारले जेठ १५ गते वार्षिक बजेट पेश गर्नेछ ।

सम्बन्धित् समाचार