प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा आज संसदमा जवाफ दिनेछन् ।
नीति तथा कार्यक्रममा दुई दिनसम्म १ सय १८ जना सांसदले भाग लिएकाथिए ।प्रधानमन्त्रीको जवाफपछि नीति कार्यक्रममाथि संशोधन निर्णयार्थ पेश गरिनेछ ।
विभिन्न राजनीतिक दलका तर्फबाट नीति तथा कार्यक्रममा सात वटा संशोधन प्रस्तावसमेत परेको छ ।संशोधनको छिनोफानोपछि नीति तथा कार्यक्रम पारित हुनेछ । संसद बैठक मध्याह्न १२ बजे बस्दै छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।संवैधानिक प्रावधान अनुसार सरकारले जेठ १५ गते वार्षिक बजेट पेश गर्नेछ ।