गृहपृष्ठ खबर गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको छैन : क्रिमसन अस्पताल (विज्ञप्ति सहित)

गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको छैन : क्रिमसन अस्पताल (विज्ञप्ति सहित)

प्रकाशित मिति:

कोभिड–१९ संक्रमण पुष्टि भएका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको अवस्था गम्भीर रहेको तर उनको मृत्यु भएको भन्ने समाचार गलत भएको क्रिमसन अस्पतालले जनाएको छ । बुधबार मध्यान्ह एक विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना संक्रमित बिरामीको मृत्यु भएको भनेर समाचार आएकोमा त्यो गलत र भ्रामक भएको बताएको हो ।

रुपन्देन्हीको तिलोत्तमा नगरपालिकास्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ । अस्पतालले पाँच दिनदेखि भेन्टिलेटर (कृतिम स्वासप्रश्वास)मा राखेर उपचार भइरहेको जनाएको छ । अस्पतालका सहायक प्रशासकीय अधिकृत चन्द्रकान्त बस्यालले पनि उनले अवस्था गम्भीर रहेको बताए ।

बैशाख २५ गतेदेखि नै सामान्य ज्वरो र खोकी देखिएका उनले स्थानीय मेडिकलमा उपचार गराएका थिए । सुधार नभएपछि अर्घाखाँची हुँदै जेठ १ गते देखि रूपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार गराइरहेका थिए । उनमा जण्डिस र मृगौलामा पनि समस्या देखिएको थियो । भर्ना भएदेखि नै उनको शरीरका धेरै अंगले काम गर्न छोडेको (मल्टी अर्गान डाइजफङसन सिन्ड्रोम) अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

(पुनश्च : यसअघि अस्पताल स्रोतको अपरिपक्व सूचनामा भर परेर तथ्यहीन समाचार प्रकाशित हुन पुगेकोमा वैखरीअनलाईन क्षमापार्थी छ ।)

 

सम्बन्धित् समाचार