गृहपृष्ठ खबर अबैध सालको काठ सहित ३ मोटरसाइकल बरामद

अबैध सालको काठ सहित ३ मोटरसाइकल बरामद

प्रकाशित मिति:

कपिलवस्तुमा अबैध सालको काठ सहित ३ मोटरसाइकल बरामद गरिएको छ । कपिलवस्तु डिभिजन वन कार्यालय तौलिहवा अन्र्तगत पर्ने सब डिभिजन वन कार्यालय पटनाका टोलीले बुधवारराती १ बजे काठ र मोटरसाइकल बरामद गरेको हो ।

जिल्लाको मायादेवी साझेदारी वन क्षेत्रको बहादुरपुर वन क्षेत्रमासालको ३ थान गोलिया २३।९८ घनफिट र लु १३ प ८७८३, लु २२ प ७१२१, लु २८ प ७०८६ नंम्बरको मोटरसाइकल बरामद गरिएको हो । साल काठ मोटरसाईकल लोड गरी चोरी निकासी गर्न लागेको अवस्थामा वनको गस्ती टोली पुगेको थियो ।

काठ चोरीको सुचनाको आधारमा घटनास्थलमा पुग्दा टोली देखेपछि चोर तस्करहरु फरार भएको कपिलवस्तु डिभिजन वन कार्यालय तौलिहवाका वन अधिकृत ईश्वरी पौडेलले बताए । उक्त स्थानमा सालको ३ थान गोलिया र मोटर साईकल बरामद गरीएको वन अधिकृत पौडेलले जानकारी दिए ।

फरार रहेका वन तस्कारहरुको खोजिकार्य तथा काठ र मोटरसाइकलको बारेमा अनुसन्धान जारी रहेको सब डिभिजन वन कार्यालय पटनाका फरेष्टर ओम विकले बताए । मोटरसाइकल पक्राउ परेकोले तस्करहरु चाडै नै पत्ता लगाउने फरेष्टर विकका बताए।

पछिल्लो केही दुई महिनामा वन सम्बन्धी चोरी निकासी बढेको छ । कोभिड १९ अर्थात कोरोना भाइरसका कारण कपिलवस्तु शिल भएको अवस्थामा वन तस्कारहरु सल्बालाएका छन ।

सम्बन्धित् समाचार