गृहपृष्ठ खबर विजयनगर गाउँपालिकाका अध्यक्ष थापाद्धारा सिमानाकामा अलपत्र ४३ जना नेपालीलाई उद्धार

विजयनगर गाउँपालिकाका अध्यक्ष थापाद्धारा सिमानाकामा अलपत्र ४३ जना नेपालीलाई उद्धार

कपिलवस्तुको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाद्धारा सिमानाकामा अलपत्र परेका ४३ नेपाली नागरिकलाई उद्धार गरिएको छ । भारतको हरियाणा, पञ्जाब लगायत विभिन्न शहरबाट आएका नेपाली नागरिकलाई बिहिवार उद्धार गरिएको हो । उनीहरु सबै कामको सिलसिलामा नेपालबाट भारत हुन् । लकडाउन लम्बिएसँगै नेपाल आइरहेका उनीहरुलाई कृष्णनगरको बर्डरबाट उद्धार गरिएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए ।


कपिलवस्तुको विजयनगर गाउँपालिकाका २२ जना, बुद्धभूमी नगरपालिका, दाङ, बाँके, काठमाण्डौ लगायत विभिन्न ठाउँका २१ जना गरि जम्मा ४३ जना नागरिकलाई नेपाल ल्याईएको हो ।  बढनी कस्टम कार्यालयका इन्स्पेक्टर राजेन्द्र यादव, ब्लाक प्रमुख डिके सिंह र इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलको रोहबरमा नेपाल भित्रियाइएको हो ।

यस अघि पनि गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले भारतको विभिन्न ठाउँबाट आइरहेका ४१ जना दाङ, प्युठानका नागरिकलाई उद्धार गर्नुभएको थियो । नेपाल र भारतको १० गजामा आइपुगे पछि नेपाल, भारत दुबैले आउन नदिएको कारण लुकिछिपि आउँदा विजयनगरको गाँउपालिका पुगेपछि सिमामा अलपत्र भेटिएकालाई १ दिन क्वारेन्टाइनमा राखेर आफन्तको सम्पर्कमा आएका उनीहरुलाई गाडीको व्यवस्थापन गरी सम्बन्धित तहको जिम्मा लगाइएको थियो ।

सम्बन्धित् समाचार