कपिलवस्तुको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाद्धारा सिमानाकामा अलपत्र परेका ४३ नेपाली नागरिकलाई उद्धार गरिएको छ । भारतको हरियाणा, पञ्जाब लगायत विभिन्न शहरबाट आएका नेपाली नागरिकलाई बिहिवार उद्धार गरिएको हो । उनीहरु सबै कामको सिलसिलामा नेपालबाट भारत हुन् । लकडाउन लम्बिएसँगै नेपाल आइरहेका उनीहरुलाई कृष्णनगरको बर्डरबाट उद्धार गरिएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाका २२ जना, बुद्धभूमी नगरपालिका, दाङ, बाँके, काठमाण्डौ लगायत विभिन्न ठाउँका २१ जना गरि जम्मा ४३ जना नागरिकलाई नेपाल ल्याईएको हो । बढनी कस्टम कार्यालयका इन्स्पेक्टर राजेन्द्र यादव, ब्लाक प्रमुख डिके सिंह र इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलको रोहबरमा नेपाल भित्रियाइएको हो ।
यस अघि पनि गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले भारतको विभिन्न ठाउँबाट आइरहेका ४१ जना दाङ, प्युठानका नागरिकलाई उद्धार गर्नुभएको थियो । नेपाल र भारतको १० गजामा आइपुगे पछि नेपाल, भारत दुबैले आउन नदिएको कारण लुकिछिपि आउँदा विजयनगरको गाँउपालिका पुगेपछि सिमामा अलपत्र भेटिएकालाई १ दिन क्वारेन्टाइनमा राखेर आफन्तको सम्पर्कमा आएका उनीहरुलाई गाडीको व्यवस्थापन गरी सम्बन्धित तहको जिम्मा लगाइएको थियो ।