कपिलवस्तुमा कोभिड १९ कोरोना भाईरसको आरटिडी परीक्षण गर्दा २ सय ५८ जना पोजेटिभ देखिएका छन्। शुक्रबार जिल्लाका १० पालिकाका क्वारेन्टिनमा १४ दिन बिताएका तीन हजार ४०६ जनाको आरटिडी गर्दा त्यति संख्यामा पोजेटिभ देखिएको हो । आरटिडीको गुणस्तरीय किट आए पछि अहिले जिल्लामा पिसिआर परीक्षण गर्नु पुर्व आरटिडी गर्ने गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र्र भगतले भारतका बिभिन्न शरहबाट फर्कर क्वारेन्टिनमा बसेकाहरूको आरटिडी परीक्षणमा तिब्रता दिएको बताए । सबै भन्दा बढी मायादेबी गाउपालिकामा सात सय ५४ जनामा आरटिडी गर्दा ६२ जना पोजेटिभ देखिएका छन । यस्तै कृष्णनगरमा तीन सय ४९ जनाको आरटिडी गर्दा ५४ जना पोजेटिभ देखिए ।
यस्तै सुद्धोदनमा ५०९ मा ४९, महराजगंजमा पाँच सय ८९ मा ३३, शिजवराजमा तीन सय ३२ मा १९ जना पोजेटिभ देखिएका छन्। यसैगरी यशोधरामा एक सय ८९ मा २०, कपिलवस्तुमा एक सय ४८ मा १४ बुद्धभुमीमा २ सय १८ मा ७ जनमा पोजेटिभ देखिएको छ । बाणगंगामा ५६ र बिजयगनरमा २ सय ६२ जनमा आरटिडी गर्दा सबैको नेगेटिभ देखिएको छ । शुक्रबार मात्रै नौ पालिकामा एक हजार ४३४ जनको आरटिडी गरिएको छ ।
उता शुक्रबार भेटिएका संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा जिल्लाका तीन पालिकामा एक सय नौ जनाको स्वाब संकलन गरिएको छ । बाणगांगामा ४४, मायादेबीमा ३० र सुद्धोदनमा २९ जनाको स्बाव संकलन गरिएको प्रमुख भगतले बताए । हाल सम्म जिल्लामा २ हजार १८८ जनको स्वाब संकलन गरिएकोमा ६९ जनाक संक्रमित भेटिएका छन्।