गृहपृष्ठ Featured कपिलवस्तुको सुन्दर बुद्धभूमी , हेर्नुहोस् यी तस्बिरहरू

कपिलवस्तुको सुन्दर बुद्धभूमी , हेर्नुहोस् यी तस्बिरहरू

प्रकाशित मिति:

शान्तिका अग्रदुत गौतम बुद्धको नामबाट नामाकरण गरिएको बुद्धभुमी  नगरपालिका कपिलवस्तु जिल्लाको उत्तरी भागमा अवस्थित छ ।

नेपालको पुनर्संरचना गर्ने क्रममा स्थानीय तहको गठन गर्दा साविकका २ वटा नगरपालिकाहरु बुद्धवाटिका र भृकुटी नगरपालिका तथा साविकका ३ वटा गाउँ विकास समितिहरु मानपुर, महुवा र धनकौलीलाई मिलाएर यस नगरपालिकाको स्थापना २०७३ फागुन २६ गते भएको हो । यो नगरपालिका ऐतिहासिक, पुरातात्विक, सामाजिक, वातावरणीय तथा आर्थिक हिसाबले परापूर्वकाल देखि नै एक महत्वपूर्ण विशिष्ट स्थलको रुपमा परिचित हुँदै आएको छ ।

यस नगरपालिकाका पूर्वमा वाणगंगा र कपिलवस्तु नगरपालिका, पश्चिममा शिवराज नगरपालिका, उत्तरमा अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका तथा दक्षिणमा महाराजगंज तथा कपिलवस्तु नगरपालिका रहेका छन् । यस नगरपालिकाको कुल क्षेत्रफल ३६६.६७ वर्ग किलोमिटर छ र कुल जनसंख्या २०६८ सालको जनगणन अनुसार ६४९४९ रहेको छ ।

 

यो नगरपालिका कपिलवस्तु जिल्लामा रहेको १० वटा स्थानीय तहहरु मध्ये क्षेत्रफलको हिसाबले सबै भन्दा ठूलो र बसोबासको हिसाबले सबभन्दा कम जनघनत्व भएको नगरपालिका हो । यस नगरपालिकाको कृषिमा ९३०८.२ हेक्टर, वनजंगलमा २४८९१.५ हेक्टर, जलीयमा १६०९.५ हेक्टर, आवासमा ४७२.५ हेक्टर क्षेत्रफल रहेको छ ।

तस्बिरमा  हेर्नुहोस् सुन्दर बुद्धभुमी :

 

 

 

 

तस्बिरहरू : मनिष खनाल
मनिष खनाल Photorec.का संचालक एवम् वैखरी मिडियाका फोटो पत्रकार हुन

सम्बन्धित् समाचार