तरुण दल कपिलवस्तु र नेविसंघद्धारा राजेश आस्था फाउन्डेसनलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको छ । लागुपदार्थ दुर्ब्यसनमा फसेका युवाहरुको उपचार गर्ने स्थान बाणगङ्गा १ बैरियामा रहेको राजेश आस्था फाउन्डेसनमा आज एक कार्यक्रमका बिच उक्त सामाग्रीहरु प्रदान गरिएको हो ।

फाउन्डेसनमा खाद्यान्नको अभाव सिर्जना भएपछि त्यहाँ उपचाररत बिरामीलाई खान धौ धौ परेकाले तत्कालका लागि आवश्यक खाद्यान्न दाल,चामल, नुन,तेल,चाउचाउ,बिस्कुट लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।
समाजमा रहेका युवाहरू जो कुलतमा छन त्यस्ता ब्यक्तिहरुलाई उपचार गर्ने ठाउमा कुनै वडा ,नगरपालिका, संघसंस्थाको ध्यान नगएको गुनासो आएपछि तरुण दल कपिलवस्तु र नेविसंघ त्यहाँ पुगेको हो । आम्दानीको स्रोतका रुपमा ती ब्यक्तिहरुबाट लिने सामान्य शुल्क र अन्य संघ संस्थाबाट आउने सहयोगबाट चलेको यस संस्थाले केही त्यस्ता ब्यक्तिहरुलाइ निशुल्क समेत राखेको र अहिले लकडाउनले गर्दा सहयोग नआएछि संस्था चलाउन निकै अप्ठयारो भएको संचालक नवीन रानाले बताउनु भयो । यस्तो गुनासो आएपछि आफुहरुले सहयोग गरेको तिलक थापाले बताउनुभयो ।
त्यस्तै नेविसंघका छेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले लकडाउनले गर्दा समस्या देखिएको थाहा पाउन साथ आफुहरु सहयोग लिएर त्यहाँ पुगेको बताउनुभयो । आफुहरुको सानो सहयोगले तत्कालका लागी समस्या टार्ने र मनोबल उच्च राख्न सहयोग मिल्नेमा आफु आशावादी रहेको तर्क गर्नुभयो ।
यता तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरिले युवा दुर्ब्यसनमा फस्नु अपराध नभएको र सुध्रिन्छु भनेर उपचारमा बसेपछि उनीहरुलाई समाजले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन गर्नुपर्ने बताउनुभयो । समाजमा ठोस योगदान दिन सक्ने युवाहरुलाई यो विषम परिस्थितिमा समस्या देखिएकाले उनीहरुको मनोबल उच्च राख्ने उद्देश्यका साथ आफुहरुले सहयोग गरको बताउनुभयो ।
संस्थाका प्रमुख किरन सिंह ठकुरिले लकडाउनको योे विषम परिस्थितिमा यो महत्वपुर्ण सहयोगले आफुहरुको मनोबल उच्च राख्न थप हौसला मिलेको भन्दै नेविसंघ र तरुणदललाई धन्यवाद समेत ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरी, छेत्रीय सभापति तिलक थापा, नेविसंघ छेत्रीय सभापति चन्द्रकान्त पोख्रेल, तरुण दलका सुशील सिंह ठकुरी, दिपक घिमिर को उपस्थिति रहेको थियो । राहत सामाग्री सामाग्री नेविसंघ र तरुण दलबाट संस्थाका प्रमुख र संचालक नवीन राना र किरन सिंह ठकुरिलाई हस्तान्तरण गरिएको हो ।









