गृहपृष्ठ खबर प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

प्रकाशित मिति:

काठमाडौं, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक डाक्नुभएकाे छ । काेराेना भाइरस (कोभिड-१९) महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय साँझ ५ बजे बालुवाटारमा बैठक आह्वान गर्नुभएकाे हाे ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले हाल संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरू सबैलाई बैठकमा बाेलाउनुभएकाे छ । बैठकमा प्रधानमन्त्रीले समसामयिक विषयबारे प्रमुख प्रतिपक्षी दललगायतकाे धारणा समेत माग्नुहुने बताइएकाे छ ।

काेराेना महामारी राेक्न जारी लकडाउन र यसले जनजीवनमा पारेकाे असर, हालै पारित नेपालकाे नयाँ नक्सा समावेश गर्नेगरी संविधान संशाेधन, सीमा विवाद हल लगायत विषयमा सरकारका अबका कदमबारे छलफल तथा दलहरुकाे सुझाव लिन बैठक बोलाइएको बालुवाटार स्राेतकाे भनाइ छ ।

साेमबार प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै विज्ञहरु सम्मिलित एक संयन्त्र गठन गर्ने बताउनुभएकाे थियाे ।

सम्बन्धित् समाचार