प्रधानमन्त्री केपी शर्मा ओली अब गीतकारका रुपमा पनि चिनिनुभएको छ ।
तेह्रौँ गणतन्त्रको दिवसको अवसर पारेर प्रम ओलीको गीत ‘बन्छ नमूना नेपाल’ आज यूट्युबमा रिलिज भएको छ । गीतमा स्वदेशमा श्रम, विकास निर्माण, सुशासन, बालबालिकाको विद्यालयमा पहुँच, भरपर्दो अस्पताल र सामाजिक सुरक्षासहितको नेपालको कल्पना गरिएको छ ।
देश लकडाउनमा परेका बेलामै उहाँले यसै वर्ष वैशाख २० गते रचना गरेको कवितालाई संगीतकार अशोककुमार राईले सङ्गीत भर्नाका साथै सङ्गीत संयोजन गर्नुभएको हो ।
यसअघि ओलीका ‘खर्पन’ (२०४१), मेरो जून हरायो (२०६२), समृद्धिको सपना (२०७५), ‘अब आँसु खसाउनु पर्दैन’ (२०७७) कविता प्रकाशित छन् ।प्रधानमन्त्री ओलीको गीतमा सञ्जय तुम्रोक, दुर्गा परियार र श्रेयासी चेम्जोङले स्वर दिनुभएको छ ।
हेर्नुहोस् भिडियो:









