गृहपृष्ठ खबर सरकारले माध्यमिकभन्दा माथिल्लो तहको पाठ्यक्रममा पर्यटन विषयलाई राख्ने

सरकारले माध्यमिकभन्दा माथिल्लो तहको पाठ्यक्रममा पर्यटन विषयलाई राख्ने

सरकारले माध्यमिकभन्दा माथिल्लो तहको पाठ्यक्रममा पर्यटन विषयलाई राख्ने भएको छ । आर्थिक वर्ष २०७७र०७८ को बजेट बिहीबारको संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सो जानकारी दिएका हुन् ।

पर्यटन विषय अनिवार्य हो कि ऐच्छिक भन्नेबारे केही खुलाइएको छैन । मन्त्री खतिवडाले पर्यटन विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययन गर्ने घोषणा पनि गरे ।

राष्ट्रसेवक कर्मचारी र निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई समेत देश दर्शन गर्न प्रोत्साहन गर्ने पनि उनले बताए ।

सम्बन्धित् समाचार