गृहपृष्ठ अर्थ/वाणिज्य स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड विनियोजन

स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड विनियोजन

प्रकाशित मिति:

सरकारले आगामी आर्थिक वर्ष २०७७र०७८का लागि स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा बजेट सावैजनिक गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेर ९० अर्ब ६९ करोड बनाइएको जानकारी दिए । अघिल्लो आर्थिक वर्ष स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

अर्थमन्त्री युवराज खतिवडाले कोरोना महामारी तथा संक्रामक रोगको लागि रोकथाम तथा नियन्त्रणका लागि उच्च प्राथमिकतामा राख्ने बताए । उनले कोरोनाको महामारी थप विस्तार हुन नदिन जोखिमयुक्त क्षेत्रमा परीक्षणको दायरा बढाउन, कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि औषधि,उपकरणका लागि पनि जोड दिने बताए ।

डा। खतिवडाले कोरोना भाइरस ९कोभिड–१९० रोकथाम र उपचारको निम्ति ६ अर्ब रुपैयाँ बजेट छुट्याएको जानकारी दिए । कोरोना संक्रमणको रोकथाममा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताको समेत व्यवस्था गरिएको उनले बताए ।

आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको सरकारले आगामी वर्षभित्र उपत्यकामा ३ शय शैय्याको छुट्टै संक्रामक रोग अस्पताल निर्माण गरिने छ । काठमाडौं वा प्रदेशका राजधानीमा भएका अस्पतालहरूमा २ सय ५० बेडको आइसियू स्थापना गरिने छ ।

यस्तै, सातै प्रदेश राजधानीमा ५० बेडको सरूवा रोग पनि सञ्चालनमा ल्याइने भएको छ । यस्तै पोखरा, कोशी, नारायणी र कर्णाली अस्पताललाई स्तरोन्नति गर्दै विशेषज्ञ अस्पतालको रूपमा विकास गरिने भएको छ ।

तीन वर्षमा सबै नागरिकमा स्वास्थ्य बीमा र आगामी वर्ष ४० प्रतिशत जनसंख्यालाई बिमाको दायरामा ल्याइने अर्थमन्त्री खतिवडाले बताए । यो कार्यक्रमका लागि साढे ७ अर्ब विनियोजन गरिएको उनले बताए । यस्तै सरकारले महिला स्वास्थ्य कार्यकर्ताको भत्ता दोब्बर पारेको छ ।

बजेट भाषणमा उनले नेपाल खुला दिसामुक्त भएको समेत जानकारी गराए । बिरामीले सहज र सुलभ तरिकाले एम्बुलेन्स पाउने गरी एउटै नम्बरमा फोन गरी पाउने व्यवस्था बजेटमा व्यवस्था गरिएको छ । सबै अस्पताललाई एकीकृतरुपमा सञ्चालन गर्नका लागि एकीकृत छाता ऐन ल्याउने बजेटमा उल्लेख गरिएको छ ।

स्वास्थ्यकर्मीको विद्यमान दरबन्दीलाई पुनरावलोकन गरी स्वास्थ्यकर्मी थप गर्न सेन्टर फर डिजिट कन्ट्रोल स्थापना र राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण गठनको प्रारम्भिक कार्य गर्नका लागि बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

सम्बन्धित् समाचार