जेठ , १६, कपिलवस्तु ।
कपिलवस्तुमा कोभिड १९ संक्रमित संख्या १३६ पुगेको छ । निग्लिहवा र जहदीमा ४ थपिएसँगै १३६ संक्रमित भएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको बिहीबार साँझ ८ : ३० बजेको जानकारी अनुसार थप ४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । थप संक्रमितहरु कपिलवस्तु नगरपालिका वाड न। १० का बर्ष २४ पुरुष १ जना, वाड न। ११ का बर्ष २३,२५,२६ का ३ पुरुष रहेका छन् ।
उनीहरुको स्वास्थ अवस्था सामान्य रहेको र स्वास्थकर्मीको सम्पर्कमा रहेका छन् ।त्यसैगरी कपिलवस्तु जिल्लाका १ ५ जना संक्रमित निको भइ घर फर्केका छन्।
कपिलवस्तुमा कुन पालिकामा कति कोरोना संक्रमित छन् अनि कति निको भए हेर्नुस् पछिल्लो विवरण –
स्रोत जिल्ला स्वास्थ्य कार्यालय , कपिलवस्तु