गृहपृष्ठ खबर कोरोनालाई जित्दै कपिलवस्तु ,थप ४ सहित १५जना निको भएर फर्के घर

कोरोनालाई जित्दै कपिलवस्तु ,थप ४ सहित १५जना निको भएर फर्के घर

प्रकाशित मिति:

कपिलवस्तु , जेठ , १६
कपिलवस्तुले कोरोनालाई जित्दै छ । कपिलवस्तु जिल्लामा थप ४ जना कोरोना संक्रमण मुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार कृष्णनगर नगरपालिकाका ३ जना र शिवराज नगरपालिकाका १ जना निको भएका हुन् । उनीहरु कोरोना विशेष अस्पताल दाङमा उपचाररत थिए ।

यस अघि कपिलवस्तु जिल्लाका ११ जना संक्रमित निको भइ घर फर्केका छन्। जसमा बुद्धभूमी नगरपालिका का बर्ष ३० का पुरुष, कपिलवस्तु नगरपालिका का बर्ष २५,३२,२५ का पुरुष ३ जना, मायादेबी गाउपालिकाका बर्ष १६,१७,१८ का पुरुष ३ जना र यशोधरा गाउपालिका का बर्ष ३२,१९,२३ का पुरुष ३ जना रहेका छन् । त्यस्तै कपिलवस्तु नगरपालिकाकी स्वास्थ्यकर्मी समेत निको भएकी हुन् ।

यससंगै कपिलवस्तुमा निको हुनेको संख्या १५ पुगेको छ ।

सम्बन्धित् समाचार