दैनिक खानामा खेइने धेरैजसो चीजहरू मिर्गौलाको लागि ठीक नहुन वा यसले नराम्रो प्रभाव पार्न सक्छ ।
प्रायजसो एक वा दुई दिनमा यस्ता चीजहरूको प्रभाव नदेख्ने हुँदा यस्ता खानेकुराले शरीरमा कुनै नोक्सान नभएको महसुस गर्छौं ।
तर, मिर्गौला एक दिन वा रातारात बिग्रिदैन । सामान्य रुपमा दैनिक जसो थाहा पाएर वा थाहा नपाइ अत्यधिक मात्रामा खाइने कारण मिर्गौला खराव भइरहेको हुन्छ ।
केही मानिसहरूलाई मिर्गौलामा समस्या भएको मृगौला फेल नभएसम्म थाहा हुँदैन ।
किनभने प्रारम्भिक चरणमा मिर्गौलामा समस्या हुने व्यक्तिहरूमा कुनै प्रकारका लक्षणहरू हुँदैनन् ।
कतिपय मानिसहरूमा लक्षणहरू सामान्यतया मिर्गौला पुरै खराब हुने स्तिथिमा देखा पर्ने हुनसक्छ । मिर्गौलाको स्वास्थ्यमा ख्याल राख्नका लागि यी चीजहरूमा ध्यान दिन आवश्यक हुन्छ ।
नुनको अत्यधिक सेवन: धेरै नुन खाँदा केही व्यक्तिको रक्तचाप बढ्ने गर्छ साथै, यसले मिर्गौलामा खराब गर्ने सम्भावना पनि बढाउन सक्छ । अत्यधिक नुनको सेवनले पत्थरी पनि निम्त्याउन सक्छ ।
धेरै मात्रामा प्रोटिनको सेवन: प्रोटीन स्वस्थ आहारको लागि राम्रो मानिन्छ, तर मिर्गौला राम्रोसँग कार्य गर्न सक्षम नभएमा बढी प्रोटिनको सेवन हानिकारक हुन सक्छ । मिर्गौलामा समस्या भएका व्यक्तिले थोरै मात्रामा मात्र प्रोटिनको सेवन गर्नुपर्ने हुन्छ ।
सोडा वा पेय पदार्थ : नियमित रुपमा दुई वा सोभन्दा धेरै गिलास सोडा वा कर्बोनेटेड ड्रिंकको सेवनले मिर्गौला रोगको खतरा बढी हुन्छ । एक अध्ययनका अनुसार, डाईट सोडा पिउने महिलाको मृगौला २० वर्षपछि सामान्य महिलाको मिर्गौलाभन्दा ३० प्रतिशत कम काम गरिरहेको पाइयो ।
डिहाईड्रेशन: दैनिक रूपमा पर्याप्त पानीको सेवन नगरे मिर्गौलामा हुने क्षतिको सम्भावना बढ्छ । ठीक मात्रामा शरीरलाई पानी पुगिरहेको छ वा छैन थाहा पाउन पिसाबको रंगले छुट्याउन सकिन्छ । पिसाबको रंग हल्का मात्र पहेंलो छ भने पानीको सही मात्रामा पिइरहनु भएको बुझ्न सकिन्छ ।
अधिक व्यायाम: लामो समयको लागि धेरै कसरत गर्दा पनि मिर्गौलामा समस्या निम्त्याउन सक्छ । अत्यधिक व्यायाम गर्दा क्षति भएका मांसपेशीय टिशूहरू छिटो विच्छेद हुन्छ जसले रगतमा मिसिएर किडनी फेल गराउन सक्ने क्षमता राख्छ ।