अखिल नेपाल किसान महासंघ कपिलवस्तुले कपिलवस्तुका किसानको तरकारी अर्घाखाँचीमा फ्याकिएको घटनाप्रति घोर भत्र्सना गरेको छ । लकडाउनको यो विषम परिस्थितिमा दिनरात मिहिनेत गरी उब्जाएको तरकारी बेच्न अर्घाखाँची जाने क्रममा केही प्रहरी र व्यापारीको मिलेमतोमा डम्पिङ साइटमा फालिएको प्रति संघले कडा निन्दा गरेको हो । त्यस्तै संघले फ्याकिएको तरकारीको क्षतिपुर्तिको माग गरेको छ ।
तरकारीबाट कोरोना सर्छ भनेर जसरी हजारौँ मुल्य बराबरको तरकारी फोहरको थुप्रोमा फालिएको र यस्तो आदेश कसले दियो ? यस घटनामा संलग्न जोकोहीलाई पनि निष्पक्ष छानविन गरी दोषीउपर कारबाही गर्न संघका अध्यक्ष सालिकराम पौडेलले अनुरोध गर्नुभएको छ । यो लकडाउनको समयमा विशेषतः किसान वर्ग मर्कामा परि रहेका वेला यस्तो घटना घट्नु निकै निन्दनीय भएको संघको बुझाई छ ।
साथै संघले यस घटनाको दोषिमाथि कारवाही नभए कपिलवस्तुबाट अर्घाखाँची निर्यात हुने सम्पुर्ण चामल लगायतका खाद्यान्नहरुमा रोक लगाउन सकिने समेत चेतावनी समेत दिएको छ ।









