गृहपृष्ठ अन्तरास्ट्रिय खबर भारतमा लकडाउन खुकुलो : धार्मिक स्थल, होटल, सैलुन, रेस्टुरेन्ट खोल्ने अनुमति

भारतमा लकडाउन खुकुलो : धार्मिक स्थल, होटल, सैलुन, रेस्टुरेन्ट खोल्ने अनुमति

प्रकाशित मिति:

काठमाडौं,जेठ । लकडाउनमा समेत मानिसको आवतजावत नियन्त्रण नभएका कारण कोरोना संक्रमण व्यापक बनेको चर्चा चलिरहेका बेला भारतले लकडाउनलाई खुकुलो बनाएको छ ।

भारत सरकारले एक महिनाका लागि लकडाउन लम्ब्याउने निर्णय गर्दै थप खुकुलो पारेको छ ।
भारतमा गृह मन्त्रालयले सोमबार जुन १ देखि जुन ३० सम्म लागू हुने गरी पाँचौं पटक लकडाउनको समय थपेको छ ।
भारतको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा लकडाउन लम्ब्याउनुका साथै विभिन्न छुटसहित खुकुलो पारिएको बारे जानकारी दिइएको छ ।
पाँचौं पटकको लकडाउनको निर्देशिकामा तीन चरण निर्धारण गरिएको छ । पहिलो चरणमा ८ जुनबाट धार्मिक स्थल, होटल, सैलून, रेस्टुरेन्ट खोल्ने अनुमति निश्चित सर्तसहित दिइनेछ ।
तेस्रो चरणमा रातको समयमा लगाइएको कर्फ्यूको समय घटाइएको छ ।

यस चरणमा अन्तर्राष्ट्रिय उड़ान, मेट्रो रेलको सञ्चालन, सिनेमा हल, जिम, स्वीमिङ पुल, थिएटर, बार र सभा हल सुरक्षा सतर्कताका साथ खोल्न निर्णय पनि केन्द्र सरकारले लिन सक्ने भारतीय मिडियाले आंकलन गरेका छन् ।

सम्बन्धित् समाचार