गृहपृष्ठ अर्थ/वाणिज्य ‘व्यबसायीका लागि सरकार कोरोनाभन्दा पनि भयानक रोग सावित भयो’-सांसद विश्वकर्मा

‘व्यबसायीका लागि सरकार कोरोनाभन्दा पनि भयानक रोग सावित भयो’-सांसद विश्वकर्मा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले उद्योगी व्यबसायीका लागि सरकार कोरोना भन्दापनि भयानक रोग सावित भएको टिप्पणी गरेका छन् ।

शनिवार बसेको प्रतिनिधि सभा बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत बिनियोजित शीर्षकमा खर्च कटौती प्रस्ताव राख्दै सांसद विश्वकर्माले कोरोनाका कारण सिकिस्त बनेको उद्योग व्यबसायलाई प्रोत्साहनभन्दा नियन्त्रणमा लागेको आरोप लगाएका हुन् ।

‘कोरोनाले विश्वलाई त्रसित बनाएको छ, यस्तो बेलामा सबै मुलुकले अर्थतन्त्रको नयाँ भाषा बनाउँदै छन, आत्मनिर्भर अर्थतन्त्र । तर नेपालको बजेटमा कोरोनाका कारण बन्द रहेका उद्योग, व्यापार पुर्न शुरू गर्नेबारे केही लेखेको छैन’ विश्वकर्माले भने, ‘लकडाउन गरेर उद्योग व्यबसाय बन्द गरेर सरकार कर तिर भन्छ, व्यापारीले हाम्रो व्यबसाय बन्द छ कसरी तिरौं भन्दा अर्थमन्त्रीका सल्लाहकार भन्छन् सरसापटी गरेर भएपनि तिर । यस्तो खालको ज्याजती गरेर उद्योग व्यासाय फस्टाउन सक्छ ?’

सांसद विश्वकर्माले सरकारको नियन्त्रणकारी नीतिका कारण थलिएको उद्योग व्यबसाय कोरानाका कारण थप सिकिस्त बनेपनि पुनस्थापनका लागि सरकारसँग कुनै योजना नभएको टिप्पणी गरे ।

सम्बन्धित् समाचार