कोरोना संक्रमणबाट विश्वमा सबैभन्दा बढी पीडित देशमा छिमेकी मुलुक भारत पाँचौं नम्बरमा परेको छ।स्पेन र इटलीमा भन्दा भारतमा कोरोना संक्रमितको संख्या धेरै देखिएको हो।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ अहिलेसम्म कोरोना भाइरसबाट २ लाख ३६ हजार ६ सय ५७ जना संक्रमित भइसकेका छन् भने ६ हजार ६ सय ४२ जनाको मृत्यु भइसकेको छ। संक्रमितमध्ये ११ हजार ७२ जना निको भइसकेका छन् भने अझै १ लाख १५ हजार ९ सय ४२ जना अस्पतालमै छन्।
विश्वमा काेराेनाबाट सबैभन्दा अहिले अमेरिका छ। जहाँ १९ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने १ लाख ९ हजारभन्दा बढी व्यक्तिकाे मृत्यु भइसकेकाे छ।