गृहपृष्ठ अन्तरास्ट्रिय खबर भारत विश्वमै कोरोनाबाट सर्वाधिक पीडितमध्ये पाँचौं नम्बरमा

भारत विश्वमै कोरोनाबाट सर्वाधिक पीडितमध्ये पाँचौं नम्बरमा

कोरोना संक्रमणबाट विश्वमा सबैभन्दा बढी पीडित देशमा छिमेकी मुलुक भारत पाँचौं नम्बरमा परेको छ।स्पेन र इटलीमा भन्दा भारतमा कोरोना संक्रमितको संख्या धेरै देखिएको हो।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ अहिलेसम्म कोरोना भाइरसबाट २ लाख ३६ हजार ६ सय ५७ जना संक्रमित भइसकेका छन् भने ६ हजार ६ सय ४२ जनाको मृत्यु भइसकेको छ। संक्रमितमध्ये ११ हजार ७२ जना निको भइसकेका छन् भने अझै १ लाख १५ हजार ९ सय ४२ जना अस्पतालमै छन्।

विश्वमा काेराेनाबाट सबैभन्दा अहिले अमेरिका छ। जहाँ १९ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने १ लाख ९ हजारभन्दा बढी व्यक्तिकाे मृत्यु भइसकेकाे छ।

सम्बन्धित् समाचार