गृहपृष्ठ अन्तरास्ट्रिय खबर कोरोनाभाइरस एन्टीबडी लिएरै जन्मियो बालक, चिकित्सकहरू छक्क

कोरोनाभाइरस एन्टीबडी लिएरै जन्मियो बालक, चिकित्सकहरू छक्क

प्रकाशित मिति:

नको शेनजेनमा कोरोनाभाइरस एन्टीबडीका साथ बालकको जन्म भएको छ । आमाबाट प्राकृतिक तरिकाले शिशुमा यी एन्टीबडीहरू आएको चिकित्सकहरूको भनाइ छ । शेनजेन थर्ड अस्पतालका चिकित्सकले आमा र बच्चामाथि थप अध्ययन गर्ने बताएका छन् ।

गत अप्रिल महिनामा आमा कोरोना पोजिटिभ पाइएकी थिइन् । तर उनमा कोरोनाको लक्षण देखिएको थिएन । त्यतिखेर उनलाई १० दिनसम्म उपचार गरिएको थियो । बच्चा जन्माएपछि पुनः परीक्षण गर्दा आमा र शिशु दुवै कोरोना नेगेटिभ पाइए ।

महिलाले जेठ १६ गते शिशु जन्माएकी हुन् । उनी शेनजेनबाट हुबेई प्रान्त घुम्न गएको वेलामा संक्रमित भएकी थिइन् । हुबेईको वुहानबाट नै कोरोना महाव्याधि शुरू भएको थियो । चिकित्सकहरूका अनुसार, शिशुमा प्राकृतिक रूपले भाइरससँग लड्ने क्षमता छ ।

सम्बन्धित् समाचार