गृहपृष्ठ कला/साहित्य नरेशको नयाँ गीत ‘माया मारेर’ युट्युबमा सुपर डुपर हिट , टिकटक भिडियो मात्र डेढ लाख बढी

नरेशको नयाँ गीत ‘माया मारेर’ युट्युबमा सुपर डुपर हिट , टिकटक भिडियो मात्र डेढ लाख बढी

प्रकाशित मिति:

नरेशको हालै सार्वजनिक भएको गित ‘माया मारेर’युट्युबमा सुपर डुपर भएको छ । युट्युबमा सुपर डुपर हिट भएको ‘मेरी छोरी’ गीत त तपाईंले सुन्नु भएकै होला । अनि ‘बालापनको उमेर’ बोलको चर्चित गीत पनि पक्कै सुन्नु भएको छ ।

‘मेरी छोरी’ गीतमा शब्द र संगीत दिएका नरेश खाती र बालापनको उमेर गीत गाएर सांगीतिक क्षेत्रमा चिनिएकी समिक्षा अधिकारीको स्वरमा सजिएको ‘माया मारेर’ बोलको गीत अहिले बजारमा आएको छ । र, यो गीत निकै लोकप्रिय बनेको छ ।

युट्युबमा सार्वजनिक भएको पाँच दिनभित्रै ‘माया मारेर’ बोलको गीतले झण्डै ८ लाख भ्यूज पाएको छ । यस्तै यो गीतमा टिकटक भिडियो डेढ लाख बढी बनेको नरेश बताउँछन् ।

माया मारेर बोलको गीतमा गायक एवं सर्जक नरेशकै शब्द तथा संगीत छ । गीतमा कृष्ण विकको संगीत संयोजन छ । म्युजिक भिडियोमा नरेश र समिक्षा फिचरिङ छन् ।

नरेशको पहिलो गीति एल्बम ‘सानु कहाँ छौ’ हो । त्यसपछि ‘रुँदै रुँदै तिम्रो शहर’ सार्वजनिक गरेका उनले तीन महिना अगाडि ‘मेरी छोरी’ गीत सार्वजनिक गरेका थिए ।

मेरी छोरी गीतका शब्द र संगीत नरेशका हुन् भने स्वर मेक्सम खातीको छ । नरेश र मेक्सम दुई भाइ हुन् ।

सम्बन्धित् समाचार