गृहपृष्ठ अर्थ/वाणिज्य वाणगंगा नगरपालिकाको खर्च विवरण सार्वजनिक गर्न माग, एक एकको हिसाब खोजियो

वाणगंगा नगरपालिकाको खर्च विवरण सार्वजनिक गर्न माग, एक एकको हिसाब खोजियो

कपिलवस्तुको वाणगंगा नगरपालिका चार नम्बर जीतपुर चोकमा शनिवार सरकारको समर्थनसंगै विरोध प्रदर्शन गर्ने क्रममा वाणगंगा नगरपालिकाको खर्च विवरण सार्वजनिक गर्न माग गरिएको छ । कोरोना महामारीको समयमा वाणगंगा नगरपालिकाद्धारा दैवी प्रकोप कोष स्थापना गरिएको छ । कोषमा विभिन्न संघसस्था तथा व्यक्तिले सहयोग गरेका छन् ।

 

कोषमा हालसम्म जम्मा रकम के कति कहाँ कहाँ खर्च भयो भन्ने विवरण आम नगरवासीले जान्न चाहेको भन्दै खर्च विवरण सार्वजनिक गर्न माग गरिएको हो । प्रदर्शनमा युवाहरुले वाणगंगा नगरपालिकाले क्वारेन्टाईन व्यवस्थापन गर्न नसकेको र आईसोलेसन निर्माणमा ढिलाई भएको प्रति असन्तुष्ट जनाएका थिए । कोरोना संक्रमितलाई व्यवस्थित आईसोलेनमा नभएर बाख्रा बस्ने खोर जस्तै गरि राखिएकोमा युवाहरुले आक्रोस व्यक्त गरेका थिए ।

प्रदर्शनमा युवाहरुले सरकारले हालै सार्वजनिक गरेको नयाँ नक्साको स्वागत गर्दै एक अर्कोमा खुशी व्यक्त समेत गरेका थिए । सरकारले कोरोना नियन्त्रणमा ध्यान नदिएको, भ्रष्टाचार मौलाएको लगायतका आरोप लगाउँदै केही दिनयता युवाहरुले देशव्यापी आन्दोलन गर्दै आएका छन् ।

सम्बन्धित् समाचार