गृहपृष्ठ खबर शुल्क उठाएर भए पनि निजी विद्यालयका शिक्षकलाई पूरा तलब खुवाउन माग

शुल्क उठाएर भए पनि निजी विद्यालयका शिक्षकलाई पूरा तलब खुवाउन माग

संस्थागत विद्यालय शिक्षक युनियनले विद्यार्थीसँग शुल्क उठाएर भए पनि तलब खुवाउन आग्रह गरेको छ । अध्यक्ष होमकुमार थापाले सरकारले तोकेअनुसार एक महिनाको शुल्क मिनाहा गरेर अन्य महिनाको शुल्क उठाएर भए पनि तलब खुवाउन आग्रह गरेका छन् ।

अध्यक्ष थापाले २०० दिन पढाउने दायित्वबाट आफूहरु पछि नहट्ने बताउँदै देशभर करिब २ लाख शिक्षक कर्मचारीले तीन महिनादेखि तलब नपाउँदा घर चलाउनै समस्या भएको बताएका छन् । सरकारले सरकारी तथा निजी संस्थाका कर्मचारी , मजदुर तथा शिक्षकलाई पूरा तलब दिन निर्देशन दिएको छ । सोही अनुसार निजी विद्यालय सञ्चालकहरुले जुनसुकै तरिकाले भए पनि पूरा तलब खुवाउनुपर्ने उनले बताएका छन् ।

सम्बन्धित् समाचार