संस्थागत विद्यालय शिक्षक युनियनले विद्यार्थीसँग शुल्क उठाएर भए पनि तलब खुवाउन आग्रह गरेको छ । अध्यक्ष होमकुमार थापाले सरकारले तोकेअनुसार एक महिनाको शुल्क मिनाहा गरेर अन्य महिनाको शुल्क उठाएर भए पनि तलब खुवाउन आग्रह गरेका छन् ।
अध्यक्ष थापाले २०० दिन पढाउने दायित्वबाट आफूहरु पछि नहट्ने बताउँदै देशभर करिब २ लाख शिक्षक कर्मचारीले तीन महिनादेखि तलब नपाउँदा घर चलाउनै समस्या भएको बताएका छन् । सरकारले सरकारी तथा निजी संस्थाका कर्मचारी , मजदुर तथा शिक्षकलाई पूरा तलब दिन निर्देशन दिएको छ । सोही अनुसार निजी विद्यालय सञ्चालकहरुले जुनसुकै तरिकाले भए पनि पूरा तलब खुवाउनुपर्ने उनले बताएका छन् ।