गृहपृष्ठ बिचार सरकार जिम्मेवार बन्ने कहिले ?

सरकार जिम्मेवार बन्ने कहिले ?

प्रकाशित मिति:

केही दिन यता सडकमा विभिन्न पेलेकार्ड बोकेका जवान ,जवान युवा हरु ले शान्तिपूर्ण प्रदर्शनका माध्यमबाट सरकारसंग प्रश्न सोधिरहेका छ्न । यसमा नागरिक समाज ,बुद्धिजीवी एंव केही व्यपारिक ,सामाजिक ,आर्थिक ,राजनीतिक पृष्ठभूमि बोकेका हरुले पनि साथ , समर्थन जनाउदै आइरहेका छ्न्। जब बन्दाबन्दी(लकडाउन) सुरु भयो सरकारलाई राम्रै साथ दिइरहेका नागरिकहरुले जब सरकार महामारीप्रति सजग र ध्यान दिनु पर्नेमा एकाएक कहिले राजनीतिक दल संबैधानिक परिषद सम्बन्धि अध्यादेश , विभिन्न आयोगको गठन नियुक्त ,आन्तरिक राजनीति को खिचातानी ,मेडिकल सामग्री खरिद मा घोटाला ,अव्यवस्थित क्वारेन्टाइन ,गरिब किसान श्रमिकप्रति वेवास्ता, लगायत गर्न थाल्यो ।

प्रधानमन्त्री , मन्त्रीहरु र सिङ्गो सरकारका असान्दर्भिक ,गैरजिम्मेवार ,अपारदर्शी ,र अकर्मण्यताको विरुद्ध सामाजिक संजालमा नागरिकहरुले तीब्र आलोचना गरे तर सरकार आफ्नो कार्यशैली परिबर्तन गर्नु साटो सरकार का मन्त्री अनि स्वयम् प्रधानमन्त्री उनीहरुका “हस हजुर” हरुको साइबर सेना लगाएर तेस्को प्रतिरक्षा गर्न थाल्यो ,प्रश्न माथीप्रति प्रश्न गरेर जिम्मेवार हुने छाट्काट देखाएन ।

अब त अति नै भो अब सहन हुन्न र सकिन्न भन्दै केही युवा हरु केही दिन अघि प्रधानमन्त्री निवास अघि बालुवाटारमा शान्तिपूर्ण प्रदर्शन गर्न गए ,शान्तिपूर्ण र समाजिक दुरि कायम गर्दै गरिएको तेस प्रदर्शन मा प्रहरीले बल प्रयोग गरेर दमन गर्यो , जुन कुरा लाई सामाजिक संन्जाल लगायत नागरिक स्तरमा निकै आलोचना भयो , लोकतन्त्र र बिधिको शासन प्रती आस्थावान सबैले त्यसको खण्डन गरे ।नागरिक समाज ,बुद्धिजिविहरुको सद्भावले जवाफदेहीता माग्दै सडकमा उत्रिएका युवाहरुको सानो समूहलाई उर्जावान् बनायो ,बढाउदै लग्यो ।

युवाहरुले समाजिक संन्जाल फेसबुकबाट सुरु भएको यो वेथिति विरुद्धको अावाज देशका सबै जसो प्रमुख सहरका सड्कमा देखिन थाल्यो । आजका दिनसम्म आउदा , नेपालका सबै जिल्लाका प्रमुख ठाउँमामा प्रदर्शन भैरहेको छ ।
अब त अति गरिस् सरकार भन्दै सरकारका भ्रष्ट चरित्र, महामारीप्रतिको वेवास्ता ,गैरजिम्मेवार शैली ,अपारदर्शी क्रियाकलाप ,नागरिक -नगारिकप्रतिको विभेद , जवाफदेहीता को शुन्यता विरुद्धको युवाको आवाज हो यो ।
यी मागहरु अथवा मुद्दा हरु विधि सम्मत स्थापित , लोकतान्त्रिक मूल्य मान्यताको जग जहाँ यो सरकार उभिरहेको छ , यो सरकारका लागि यी मुद्दाहरु आधारभूत कार्य अन्तर्गतका हुन् जुन कुरालाई लिएर अहिलेको यो विषम परिस्थितिमा सड्कमा उत्रिनु पर्ने नै हैन , तर सरकार यसमा आफ्नो अकर्मण्यताले नराम्रोसंग चुक्यो ।

अहिले जो सडकमा आन्दोलन गरिरहेका नागरिकहरु छ्न् यी लाई पक्कै थाहा छ ,अहिले देश मात्र हैन पूरा विश्व कोरोना महामारीबाट थलिएको छ ,कसैले भन्न सक्ने अवस्था छैन यो थलिएको विश्व कहिले बिसेक हुने हो । कोरोनाभाइरस (कोभिड-१९) को प्रमुख मित्र भिड हो ,भिडबाटै भाइरस सहजै चारैतिर पुग्ने मौका पाउछ भन्ने तर ८०,९० दिन बन्दाबन्दिले घरमा थुनिएको यो समूह जसले सरकारलाई सबैभन्दा बढी साथ दियो ,भर मान्यो, त्यसलाई यो पनि थाहा छ कि यो विकराल परिस्थिति बिचमा देखिएको अप्राकृतिक भ्रष्ट शैली , अल्पज्ञानको दंम्भ कोरोना भाइरस भन्दा खतरानाक छ भन्ने पनि । त्यसैले युवाहरुको समूह बोल्न थाल्यो ,प्रश्न गर्न थाल्यो , सरकारसंग उत्तर माग्न सडकमा उत्रियो जुन जारी छ ।
शान्तिपूर्ण प्रदर्शनलाई आम नागरिकप्रति भ्रम सिर्जना गर्नका लागि अनेक तर्क कुतर्क गरिएका छ्न् । जुन, आन्दोलनको औचित्य , यो महामारीमा किन भिड जम्मा गरेको , आन्दोलनकारीको राष्ट्रियता माथि प्रश्न , स्वतन्त्र भनिएको आन्दोलनमा फलानो दल अथवा विचारको मान्छे किन , जस्ता अनेक छ्न जुन झट्ट हेर्दा जो कोहीलाई अल्मलाउने खालका छ्न् तर तर्क संगत र योग्य छैनन् , जसको प्रमाण शान्तिपूर्ण एंव सामाजिक दुरि कायम राख्दै गरिएको प्रदर्शनले जवाफ दिई सकेको छ ।

अनि अर्को कुरा रहयो पेलेकार्डको , पक्कै पनि यो प्रदर्शन मा ओर्लिने धेरै युवाहरु नै छ्न , जो आज को दुनियाँ मा ईन्टरनेट , समाजिक संन्जाल , साइबर दुनियामा बढी नै सक्रिय छ्न , जसले बाहिर विशेष गरि अमेरिका ,युरोप तिर हुन प्रोटेस्ट लाई देखेका छ्न तेसैलाइ सिको गर्दै परिवर्तन हुन खोज्दा पक्कै कमजोरी हरु देखिएकै छन । तर यसमा प्रश्न गर्ने हरु एकपटक विगत पनि सम्झौ त ,हिजो आन्दोलन का नाउमा रत्नपार्क का कति रेलिङ भाचिए , कति टेलीफोन का बुथ तोडिए , कति टाएर बोले , कति सार्बजनिक सम्पत्ति को तहसनहस तोडफोड भयो के , त्यो स्वरूप भन्दा आन्दोलन को यो स्वरुप ठिक हैन र ? पक्कै पनि धेरै ले आन्दोलन को यो स्वरुप लाई गजब को काइदा मानेका छ्न र छ पनि ।
अत: अरु बहस समय संगै हुँदै जालान तर , महामारी लाई देखाएर लुट तन्त्र जारी राख्ने र आफनो कर्म बाट बिचल्लीत भैरहने यो सरकार लाई शान्तिपूर्ण खबरदारी मार्फत सचेत गराउन खोज्दा सरकारसंगै यी प्रती प्रश्न गर्ने समूहको हिसाब पक्कै पनि इतिहासले राख्ने छ ।

अन्त्यमा , यो जारी आन्दोलन सरकारको भ्रष्टाचार , अपारदर्शी , गैरजिम्मेवारि , जवाफदेहीताको अभाव , जस्ता बेथिति विरुद्ध हो । महामारिप्रति जिम्मेवार बन्न आग्रह हो , एउटा् असल सरकार र सुशासनको खोजीको हो ।
जसलाई सरकारले छिटै्टै सुनेर कार्यशैली फेर्न जरुरी छ , हैन भने सरकारसंगै हाम्रो भविस्य पनि अप्ठ्यारोमा पर्छ ।

सन्तोष रेग्मी
वाणगंगा ११ कपिलवस्तु

सम्बन्धित् समाचार