कोरोना भाईरसको जोखिमका कारण अन्योलमा परेको कक्षा ११ को अन्तिम परीक्षा पनि विद्यालयकै मुल्यांकनका आधारमा गरिने भएको छ ।
आगामी बर्षको बजेटका बारेमा राष्ट्रिय सभाको बैठकमा जारी छलफलमा बोल्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विद्यालयकै आन्तरिक मुल्यांकनका आधारमा उक्त विषय सम्बोधन गर्ने गरी मन्त्रालयले चाँडै नै निर्णय गर्ने बताएका हुन् ।
कक्षा १२ को हकमा भने परिस्थिति अनुकुल भए पछि उच्च सुरक्षा सावधानी सहित परीक्षा गर्ने उनले बताए ।







