गृहपृष्ठ कला/साहित्य रुपन्देहीको तिलोत्तमामा दुईदिने चित्रकला कार्यशाला सुुरु

रुपन्देहीको तिलोत्तमामा दुईदिने चित्रकला कार्यशाला सुुरु

प्रकाशित मिति:

रुपन्देहीको तिलोत्तमामा दुईदिने चित्रकला कार्यशाला सुुरु भएको छ । नेपाल कमर्सियल आर्टिस्ट संघको आयोजना र तिलोत्तमा नगरपालिकाको सहयोगमा तिलोत्तमा(६ कुञ्जपार्कमा चित्रकला कार्यशाला सुरु भएको हो । कार्यशालामा दुईजना महिलासहित रुपन्देहीका २५ जना कलाकारको सहभागिता छ । उनीहरुले स्थानीय आदिवासी(जनजाति, कला, संस्कृति र परम्परालाई क्यानभासमा उतार्नेछन् ।

कार्यशाला उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले प्राचीन कला संस्कृतिलाई संरक्षण गर्दै नयां पुस्तालाई चिनाउन कार्यशालालाई नगरपालिकाले प्रायोजन गरेको बताए । नगरपालिकाको दुई लाख रुपैयां आर्थिक सहयोगमा कलाकारले दुईदिन समय लगाएर तयार गर्ने २५ वटै चित्रकलालाई नगरपालिकाको तिलोत्तमा -६ मा बनेको नयाँ प्रशासनिक भवनमा आम नगरवासीले देख्ने ठाउँमा राखिने नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

संघका अध्यक्ष बेनप्रसाद थापाले संघको २५ औं वार्षिकोत्सव एवम् रजत महोत्सवको अवसरमा कार्यशाला आयोजना गरिएको बताए ।

सम्बन्धित् समाचार