गृहपृष्ठ अर्थ/वाणिज्य प्रोत्साहन भत्ता नपाएको भन्दै कर्णालीमा चिकित्सकहरु आन्दोलित

प्रोत्साहन भत्ता नपाएको भन्दै कर्णालीमा चिकित्सकहरु आन्दोलित

प्रकाशित मिति:

प्रोत्साहन भत्ता नपाएको भन्दै कर्णालीमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । कर्णाली प्रदेश अस्पतालमा करार सेवामा कार्यरत ८ औं तहका चिकित्सकले प्रदेश सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता नपाएको भन्दै बिहीबारदेखि आन्दोलन थालेका हुन् ।

उनीहरुले बिहीबार अस्पतालको आकस्मिक सेवाबाहेकका अन्य सेवा ठप्प पारेका छन् । कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न सरकारी स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सकहरुका लागि मंसिरदेखि लागु हुने गरी कर्णाली प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो । तर चालु आर्थिक वर्ष सकिन लाग्दा पनि नपाएपछि आन्दोलन गर्न बाध्य भएको प्रदेश अस्पतालका आन्दोलित डा। प्रकाश वलीले बताए ।

‘हामीले योभन्दा अगाडि पटक–पटक लिखित र मौखिक रुपमा सरकारलाई भत्ता उपलव्ध गराउन माग गर्‍यौं तर सरकारले सुनेन,’ उनले भने, ‘यो आर्थिक वर्ष पनि सकिन लागिसक्यो । सरकारले दिन्छु त भन्छ तर ७ महिना बित्दा पनि दिन सकेको छैन । अरु स्थायी चिकित्सकहरुले भने पाइरहेका छन् । हामी बाध्य भएर आन्दोनमा उत्रिएका हौं ।’

डा। वलीका अनुसार प्रदेश अस्पतालमा ८ औं तहका २५ जना डाक्टर कार्यरत छन् । यीमध्ये एकजना मात्रै स्थायी छन् ।

सम्बन्धित् समाचार