गृहपृष्ठ कृषि पाल्पामा पहिरोले बाटो बन्द भएपछि डोजरबाट दूध ओसारपसार

पाल्पामा पहिरोले बाटो बन्द भएपछि डोजरबाट दूध ओसारपसार

प्रकाशित मिति:

वर्षाको कारण बाटो अवरुद्ध भएपछि पाल्पाका विभिन्न ठाउँका कृषकहरुले डोजर प्रयोग गरेर दूधको ओसारपसार गरेका छन् । केही दिनदेखि निरन्तर परेको पानीले पहिरो गएपछि ग्रामीण भेगका बाटो बन्द भएका छन् ।

अप्ठ्यारा र गाडी नचल्ने ठाउँमा डोजर प्रयोग गरेर सदरमुकामसम्म दूध पुर्‍याउने गरिएको तानसेन १२ लुहुङ्गका कृषक सन्जय पौडेलले जानकारी दिनुभयो । अवरुद्ध भएका बाटो खुलाउँदा धेरै पैसा खर्च हुने र फेरि पानीले पहिरो जाने सम्भाबना भएको भन्दै डोजरबाटै दूध ओसार्न थालिएको कृषकहरुको भनाइ छ ।

जिल्लाका विभिन्न ठाउँका कृषकहरुले जोडर प्रयोग गरेर दूध ओसारपसार गर्नुपरेको जनाएका छन् ।

सम्बन्धित् समाचार