गृहपृष्ठ कृषि पाल्पामा पहिरोले बाटो बन्द भएपछि डोजरबाट दूध ओसारपसार

पाल्पामा पहिरोले बाटो बन्द भएपछि डोजरबाट दूध ओसारपसार

वर्षाको कारण बाटो अवरुद्ध भएपछि पाल्पाका विभिन्न ठाउँका कृषकहरुले डोजर प्रयोग गरेर दूधको ओसारपसार गरेका छन् । केही दिनदेखि निरन्तर परेको पानीले पहिरो गएपछि ग्रामीण भेगका बाटो बन्द भएका छन् ।

अप्ठ्यारा र गाडी नचल्ने ठाउँमा डोजर प्रयोग गरेर सदरमुकामसम्म दूध पुर्‍याउने गरिएको तानसेन १२ लुहुङ्गका कृषक सन्जय पौडेलले जानकारी दिनुभयो । अवरुद्ध भएका बाटो खुलाउँदा धेरै पैसा खर्च हुने र फेरि पानीले पहिरो जाने सम्भाबना भएको भन्दै डोजरबाटै दूध ओसार्न थालिएको कृषकहरुको भनाइ छ ।

जिल्लाका विभिन्न ठाउँका कृषकहरुले जोडर प्रयोग गरेर दूध ओसारपसार गर्नुपरेको जनाएका छन् ।

सम्बन्धित् समाचार