गृहपृष्ठ अर्थ/वाणिज्य महोत्तरीमा अवैध १८ लाख रुपैयाँसहित तीनजना पक्राउ

महोत्तरीमा अवैध १८ लाख रुपैयाँसहित तीनजना पक्राउ

प्रकाशित मिति:

प्रहरीले १८ लाख अबैध रकमसहित महोत्तरीबाट तीन जनालाई नियन्त्रणमा लिएको छ । महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नं २ भलुई चोक स्थितबाट तीनै जनालाई १८ लाख रुपैया सहित नियन्त्रणमा लिइएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

शनिवार प्रदेश प्रहरीबाट खटेको टोलीले जलेश्वरबाट सम्सी तर्फ जाँदै गरेको ज ११ प ८१०८ नम्बरको मोटरसाइकलमा सवार महोत्तरीको जलेश्वर नगरपालिका वडा नं २ का १९ वर्षीय रोहित कुमार साहलाई ९ लाख, सोही मोटरसाइकलको पछाडी सवार रहेका २७ वर्षीय जय कुमार साहलाई ५ लाख ५० हजार र प्र २–०३–००३ प ०९७ नम्बरको मोटरसाइकलमा सवार २२ वर्षीय संजय कुमार साहलाई ३ लाख ५० हजार रुपैया गरी कुल १८ लाख रुपैया सहित नियन्त्रणमा लिइएको २ नम्बर प्रदेश प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई रुपैया र सवारी साधन सहित नियन्त्रणमा लिई थप अनुसन्धान थालेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मिश्रले बताए ।

सम्बन्धित् समाचार