गृहपृष्ठ कृषि धान दिवसको अवसरमा कपिलवस्तुमा रोपाई प्रतियोगिता, ५० जना महिलाको उत्साहजनक सहभागीता

धान दिवसको अवसरमा कपिलवस्तुमा रोपाई प्रतियोगिता, ५० जना महिलाको उत्साहजनक सहभागीता

१७ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा धान रोपाइँ प्रतियोगिता सम्पन्न गरिएको छ । कृषि ज्ञान केन्द्रले कपिलवस्तु नगरपालिका–१० बिुकलीमा आयोजित प्रतियोगितामा ५० जना महिला सहभागी थिए ।

प्रतियोगितामा सबैभन्दा छिटो र लाइन मिलाएर धान रोपेकी संगीता पासवान प्रथम, लक्ष्मी चौधरी द्वितीय, मीना अधिकारी तृतीय र अमृता आचार्यले सान्त्वना पुरस्कार जितेका छन् । वडा सदस्य केयश माहोम्मद र ज्ञान केन्द्रका प्रमुख रामचन्द्र आर्यालले उनीहरूलाई क्रमशः १ हजार, ७ सात, ५ सय र ३ यय नगद पुरस्कार प्रदान गरिएको छ ।

१७औं राष्ट्रिय धान दिवसका अवसरमा कपिलवस्तु नगरपालिका–१० बिकुलीमा आयोजित रोपाइँ प्रतियोगितामा सहभागी रोपार तस्बिर स् नागरिक ।
‘धान उत्पादनमा वृद्धि स् आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ धान दिवस मनाइएको हो । महोत्सवमा महिलाले अवधि भाषामा असारे गीत गाएका थिए ।

वडा सदस्य कैस माहोम्मदले भने, ‘धानखेतीको स्तर माथि उठाउन प्रविधिको प्रयोग बढाउँदै लागतमा कमी ल्याउनुपर्छ ।’

कृषक लक्ष्मी चौधरीले सिँचाइ सुविधा नहुँदा सधैं अकासे पानीको भर पर्नुपरेको बताइन् । ‘खेतीमा आधुनिकीकरण भएको छैन । सधैं मलबीउको समस्या हुन्छ,’ उनले भनिन् ।

कृषि ज्ञान केन्द्रका बागवान विकास अधिकृत बालगोविन्द त्रिपाठीले आधुनिक प्रविधि, उन्नत बीउ, मल र सिँचाइ सुविधाबिना उत्पादन बढाउन गाह्रो हुने बताए । उनले भने, ‘व्यावसायिक खेती गर्न कृषकलाई प्रोत्साहित गर्नुपर्छ ।’

यस्तै, यशोधरा गाउँपालिकाले पनि रोपाइँ महोत्सव सम्पन्न गरेको छ । पालिकालमा रहेको खेतमा रोपाइँ गरिएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालले बताए । जिल्लामा ७१ हजार ५ सय हेक्टरमा धान खेती गरिन्छ । करिब सवा २ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । । जिल्लामा राधा चार, साबित्री, सावा, मन्सुली, कालानमक लगायतका प्रजातिका धान लगाइन्छ ।

सम्बन्धित् समाचार