गृहपृष्ठ जीवन शैली यसकारण निजी स्कुलले शुल्क लिनुपर्दछ-आरबी कटवाल,प्याब्सन

यसकारण निजी स्कुलले शुल्क लिनुपर्दछ-आरबी कटवाल,प्याब्सन

प्रकाशित मिति:

यो समय सबै बाँच्ने र बचाउने हो । यो समय सहअस्तित्वको हो । यो समय सहकार्यको हो । यो समय पारष्परिक हीतको हो । त्यसैले सबैले एकअर्कालाई सहयोग गर्दै कोरोना महामारीलाई परास्त गरौँ !!!


निजी स्कुलले शुल्क लिनु पर्ने ११ कारण यसप्रकार छन् :
१. निजी स्कुल कम्पनी ऐन अन्तर्गत खोलिएका संस्था हुन् । निजी स्कुलले राज्यलाई घरबहाल लगायत अन्य विविध शीर्षकमा कर तिर्नु पर्दछ I निजी स्कुलले शुल्क उठाउन पाए राज्यलाई कर तिरेर कर्तव्य निर्वाह गर्न सक्दछन !
२. निजी स्कुल तथा शैक्षिक संस्थाले प्रत्यक्षरअप्रत्यक्ष रुपमा ५ लाख शिक्षक(कर्मचारीलाई रोजगारी दिएका छन् । ती सबै कर्मचारीलाई तलब खुवाउनु रोजगारदाता कम्पनीको धर्म हो !
३. कोरोना महामारीका कारण संस्था बन्द भए पछि शिक्षक कर्मचारीले लामो समयबाट तलब पाएका छैनन् I यसका बाबजुद पनि दिनरात मिहिनेत गरेर शैक्षिक गतिविधिलाई निरन्तरता दिने शिक्षकको घरमा आगो नबल्दा, अभिभावकको रुपमा निजी स्कुलले राहत तथा सहयोग गर्नु पर्ने यो स्थितिमा शुल्क लिन नपाएको कारण शिक्षक कर्मचारीलाई सहयोग गर्न सकिएको स्थिति छैन I यसर्थ, निजी स्कुलले शुल्क लिनु पर्दछ !
४. “नो स्कुल नो फी“ भनेर केही समुहले अभियान नै चलाउनु भएको छ । तर, स्कुल होटल–रेस्टुरेण्ट जस्तो होइन । स्कुलले दिने शिक्षा र सेवा होटलमा खाने खानासंग तुलना गर्नु न्यायोचित हुँदैन । बालबालिकाको न्युनतम सिकाइ उपलब्धी निजी विद्यालयले जसरी पनि पूरा गर्दछन् । त्यसैले, निजी स्कुलले शुल्क लिनु पर्दछ ।
५. नेपालमा अहिले खुल्ला विश्वविध्यालयले अनलाइन मार्फत शिक्षा दिने गरेको छ । त्यो औपचारिक शिक्षा हो । उक्त विश्वविध्यालयले विद्यार्थीसंग वार्षिक शुल्क लिने गर्दछ । नेपालमा धेरै निजी स्कुलले अनलाइन तथा अन्य वैकल्पिक शिक्षा अन्तर्गत कक्षा संचालन गरेका छन् । शिक्षक दिनरात खटेका छन । त्यसकारण निजी स्कुलले शुल्क लिनु पर्दछ !
६. धेरै निजी विद्यालयको गत वर्षको पूरानो शुल्क पनि उठेको छैन । नयाँ शैक्षिक सत्रको शुल्क उठाउन दिइएको छैन । यो अवस्थामा विद्यालयले बहन गर्नु पर्ने न्युनतम वित्तीय जिम्मेवारी पनि पुरा गर्न सकेको अवस्था छैन । यसर्थ निजी विद्यालयले शुल्क लिनु पर्दछ ।
७. शैक्षिक संस्थाले लिने शुल्क पुरै १२ महिनाको हो । विश्वभरिकै चलन यही हो । नेपालको सन्दर्भमा विद्यमान परिस्थिति बुझेर अभिभावकलाई पनि असजिलो नहोस भनेर निजी विद्यालय लचक छन् । तर, जस्तो सुकै परिस्थितिमा पनि विद्यालयले आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिवद्ध छन्, र गर्नेछन पनि । त्यसैले निजी स्कुलले शुल्क लिनु पर्दछ !
८. निजी स्कुलले अभिभावकसंग सबै शुल्क मागेको होइन । औसतमा प्रत्येक अभिभावकले तिर्ने २–३ हजार रुपैयाँले तत्काल शिक्षक कर्मचारीलाई सामान्य तलबरसुबिधा प्रदान गर्न सकिन्छ । निजी विद्यालयमा अप्रत्यक्ष रुपमा आश्रित झन्डै २० लाख नेपालीको भोक मेटिन्छ । त्यसैले निजी स्कुलले शुल्क लिनु पर्दछ ।
९. निजी स्कुल इतिहासकै कठीन मोडमा छन् । आज सम्म गुणस्तरीय शिक्षा दिएर राज्यलाई सहयोग गरिरहेका निजी स्कुलले लाखौंको संख्यामा रोजगारी समेत सिर्जना गरेका छन् । राज्यलाई विपद परेको अवस्थामा निजी स्कुलले धेरै पटक राहत समेत वितरण गरेका छन् । शिक्षाको नाममा विदेशिने अरबौं रकम देशमै रोकेका छन् ! तर, अहिले आफैं जटील स्थितिको सामना गरिरहेका निजी स्कुल बाँच्नकै लागि भए पनि शुल्क लिनु पर्दछ !
१०.शुल्क सन्चालक्ले आफुलाइ हैन ब्यबस्थापन गर्नलाइ हो।
११. यो समय सबै बाँच्ने र बचाउने हो । यो समय सहअस्तित्वको हो । यो समय सहकार्यको हो । यो समय पारष्परिक हीतको हो । त्यसैले सबैले एकअर्कालाई सहयोग गर्दै कोरोना महामारीलाई परास्त गरौँ !!!
आरबी कटवाल,
उप–महासचिब,
प्याब्सन केन्द्रीय कार्यसमिति

सम्बन्धित् समाचार