छिमेक लघुवित्त वितीय संस्था लि.शाखा कार्यलय वाणगंगाले क्वारेन्टिाईनमा राहत सामाग्री प्रदान गरेको छ । वाणगंगा नगरपालिका वडा नम्बर १ वैरियामा रहेको क्वारेन्टिन र बुङचीमा अवस्थित आईसोलेन व्यस्थापनका लागी संस्थाले राहत सामाग्री वितरण गरेको हो ।
राहत सामाग्री छिमेक लघुवित्त वितीय संस्था लि.शाखा कार्यलय वाणगंगाका शाखा प्रबन्धक अनरुद कुमार यादवले वडाध्यक्ष बाल कुमारी पन्तलाई हस्तान्तरण गर्नुभएको थियो । राहत सामाग्रीहरुमा चामल ४० किलो,दाल ५ किलो,नुन ५ किलो,तेल १० लिटर,सावुन र सरफ ३६ पिस,हेण्ड सेनिटाईजर १००० एम एल, मास्क ३६ पिस, आलु १० किलो, ब्रस १८ पिस, कोलगेट पेस्ट १८ पिस र प्याज ५ किलो रहेको थियो । संस्थाले साडे नौ हजार बढीको जिन्सी सामाग्री प्रदान गरेको शाखा प्रबन्धक यादवले जानकारी दिनुभयो ।
विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाईरस अर्थात कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै क्वारेन्टिनको व्यावस्थापनका लागी वित्तीय संस्थाकोतर्फबाट केही जिन्सी सामाग्री प्रदान गरिएको संस्थाका शाखा प्रबन्धक यादवले बताउनु भयो ।