गृहपृष्ठ खबर कपिलवस्तुको बुद्धभूमिबाट तीन जना ट्र्याकटर चोर प्रकाउ

कपिलवस्तुको बुद्धभूमिबाट तीन जना ट्र्याकटर चोर प्रकाउ

प्रकाशित मिति:

रुपन्देहीको मायादेवी गाउँपालिका छपियाबाट चोरी भएको ट्र्याकटर ईलाका प्रहरी कार्यलय गोरुसिङ्गेले नियन्त्रणमा लिएको छ । शनिवार राती १० बजे बुद्धभुमी २ बाट ३ जना चोर सहित लु २ त ७७१५ नम्बरको ट्र्याकटर नियन्त्रण लिएको हो ।

सिद्धार्थनगर नगरपालिका ८ का राम विलास यादवको ट्र्याकटर नियन्त्रण लिन प्रहरीलाई करिब आधा घण्टा लागेको थियो । प्रहरीको जिप र मोटरसाइकलले पच्छाउँदै गर्दा नालीमा ट्र्याकटर फसे पछि नियन्त्रण लिन सफल भएको थियो ।

‘ट्र्याकटर चोरी भएको खबर सुने पछि हामीले गस्ती बढाएका थियौँ । गस्ती देखे पछि चोरले राजमार्गबाट भित्री सडक तर्फ ट्र्याकटर लगेको देखे पछि पच्छाएका थियौँ । रुपन्देहीको मायादेवी गाउँपालिका २ बस्ने अकलेस भुज, पवन कुमार नाउ र रवि ठाकुरलाई समेत पक्राउ गरिएको छ ।

’ इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक कृष्ण बहादुर रानाले भने । ३ जना चोर मध्ये १ जना लाई स्थानीयको सहयोगमा पक्राउ गरिएको थियो ।

सम्बन्धित् समाचार