गृहपृष्ठ खबर विजयनगर गाउँपालिकाका १८ मदरसालाई खेलकूद सामग्री प्रदान

विजयनगर गाउँपालिकाका १८ मदरसालाई खेलकूद सामग्री प्रदान

प्रकाशित मिति:

कपिलवस्तुको विजयनगर गाउँपालिकामा १८ मदरसाहरुलाई खेलकूद सामग्री प्रदान गरिएको छ । महिला तथा बालबालिका समाज कल्याण शाखाको आयोजना र गाउँपालिकाको सहयोगमा शैक्षिक सामग्री प्रदान गरिएको हो । सामाग्रीहरुमा स्किपिङग् डोरी ५ थान, फुटबल १थान , व्याडमिन्टन कक सेट १ रोल र व्याडमिन्टन १ सेट वितरण गरिएको महिला तथा बालबालिका समाज कल्याण शाखाका प्रमुख इन्द्र प्रसाद भण्डारीले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले शिक्षाको आवश्यकता र महत्वलाई बुझ्दै मदरसाहरुमा पूर्ण विद्यार्थी भर्ना गर्नुपर्ने बताए । थापाले मदरसालाई कसरी शिक्षाको मूलधारमा ल्याउने, कसरी बालबालिकाहरुलाई विद्यालयमा बढी भन्दा बढी निरन्तरता दिलाउने भन्ने कुरामा मदरसाका मौलानाहरुलाई जोड दिन आग्रह गरे ।

अब मुस्लिम समुदायका बालबालिकाहरुलाई शिक्षाबाट बञ्चित हुन नदिन गाउँपालिकाले मदरसाको विकासको पक्षमा प्राथमिकताका साथ जोड दिएको बताए ।

सम्बन्धित् समाचार